News Portal

  • नेपाल भारतका सार्वभौमिकता बराबरी : प्रधानमन्त्री ओली

    हिमालीसंचार संवाददाता
    ५९४ पटक

    काठमाडौं – भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काठमाडौंमा आएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिए। चौधरीसहित तीन जनाको टोली आज बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताए । अन्तर्वार्ताका क्रममा दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताए। ओलीले भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि सार्वभौमिकता बराबरी हुने बताएका थिए।

    ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने समेत बताए। 

    ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। ओलीले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताए ।

    प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको बताए छ । प्रम ओलीले दुवै नेपालका छिमेकी भएकाले कोहीसँग पनि ‘कार्ड’ नखेल्ने समेत बताए। आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङकाको साथी भएको बताएका थिए ।

    चौधरीसहित तीन जनाको टोली हिजो शनिबार नेपाल आएका थिए । चार घण्टा अगाडि सुधीरले आफ्नो सामाजिक संजाल ट्वीटरमा के नेपाल चिनियाँ पक्षमा खेल खेल्दैछ ? आज राति ९ बजे भनेर ट्वीट गरेका थिए ।

    प्रधानमन्त्री ओलीसंग लिएको अन्तर्वार्तापछि सुधीरले फेसबुकमार्फत नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीसंग सकरात्मक कुराकानी भएको भन्दै भारतलाई नेपालले ठूलो दाइको रुपमा व्यवहार गर्न नचाहेकोबारेमा पनि थाहा भएको बताएका छन् । यस्तै उनले छिमेकमा के भइरहेको छ भन्ने थाहा पाउन पनि आवश्यक रहेको जनाए ।

    भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि यसबारे नराम्रो टिकाटिपनी गरेको थियो । सुधीरले जी न्युजमा ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम चलाएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २ गतेको राशिफल

    आज भदौ २, २०८२ (अगस्त १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...