News Portal

सुर्खेत सहित देशभर कांग्रेस नेता गणेशमान सिंहको २१औं स्मृति दिवस मनाईयो

हिमाली संचार संवाददाता
८७९ पटक

मधुबन बिसि/सुर्खेत – २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २१ औ स्मृति दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम मनार्इएको छ।

दिवसको अवसरमा नेपाली काँग्रेस सुर्खेतले स्वर्गीय सिंहको फोटोलार्इ माल्यार्पण गरि स्मृति दिवस मनाएको हो।

कार्यक्रममा नेपाली काँग्रेसका सुर्खेतका सभापति कमलराज रेग्मीले नेपालको राजनीतिक इतिहासमा नेता सिंहको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँको विचारलार्इ मनन गरेर अगाडी बढ्नुपर्ने समय आएको बताउनु भयो।

उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिहले गरेको योगदान जतिसुकै चर्चा गरेपनि कमहुने भन्दै गणेशमान जस्तो स्वार्थरहित राजनीति गर्ने नेताको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

स्वगिय नेता सिंहले प्रजातन्त्रका लागि नथाक्ने, नडराउने र नझुक्ने राजनेता रुपमा स्थापित रहेको भन्दै अहिलेको नेतित्व त्यसको विपरीत हिडेको आरोप लगाउनुभयो। लौहपुरुषका नामले समेत चिनिनुभएका सिहँले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि संघर्ष गर्नुभएको हो।

जेलबाट भागेर भारत पुग्नुभएका सिंहले वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गर्नुभएको हो। २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाउनु भएको थियो।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुर्नस्थपना र २०४७ को संविधान निर्माणपछि उहाँले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घचघचाउनु भएको थियो।

१९७२ सालमा जन्मिनुभएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...