News Portal

सुर्खेत सहित देशभर कांग्रेस नेता गणेशमान सिंहको २१औं स्मृति दिवस मनाईयो

हिमाली संचार संवाददाता
९०४ पटक

मधुबन बिसि/सुर्खेत – २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २१ औ स्मृति दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम मनार्इएको छ।

दिवसको अवसरमा नेपाली काँग्रेस सुर्खेतले स्वर्गीय सिंहको फोटोलार्इ माल्यार्पण गरि स्मृति दिवस मनाएको हो।

कार्यक्रममा नेपाली काँग्रेसका सुर्खेतका सभापति कमलराज रेग्मीले नेपालको राजनीतिक इतिहासमा नेता सिंहको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँको विचारलार्इ मनन गरेर अगाडी बढ्नुपर्ने समय आएको बताउनु भयो।

उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिहले गरेको योगदान जतिसुकै चर्चा गरेपनि कमहुने भन्दै गणेशमान जस्तो स्वार्थरहित राजनीति गर्ने नेताको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

स्वगिय नेता सिंहले प्रजातन्त्रका लागि नथाक्ने, नडराउने र नझुक्ने राजनेता रुपमा स्थापित रहेको भन्दै अहिलेको नेतित्व त्यसको विपरीत हिडेको आरोप लगाउनुभयो। लौहपुरुषका नामले समेत चिनिनुभएका सिहँले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि संघर्ष गर्नुभएको हो।

जेलबाट भागेर भारत पुग्नुभएका सिंहले वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गर्नुभएको हो। २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाउनु भएको थियो।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुर्नस्थपना र २०४७ को संविधान निर्माणपछि उहाँले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घचघचाउनु भएको थियो।

१९७२ सालमा जन्मिनुभएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...