News Portal

मनोकांक्षा पूरा भएपछि हलेसी’लाई १ तोलाको सुनको सिक्री

हिमालीसंचार संवाददाता
६६२ पटक

खोटाङ – त्रियुगा नगरपालिका-६, जलजले उदयपुरनिवासी प्रभा राईले हलेसी महादेवको नाममा १ तोला ४ लालको सुनको सिक्री चढाएकी छिन्। त्रिनपा-१४ साउने स्वास्थ्यचौकीमा कार्यरत अनमी राईले पुस २७ गते हलेसी दर्शन गरी भाकल गरेअनुसार सुनको सिक्री चढाएकी हुन् ।

राईले ‘लोकसेवा आयोग पास गरे भने सुनको सिक्री चढाउँछु भनेर ६ वर्षअघि हलेसी आएर भाकल गरेकी थिइन। ‘हलेसी दर्शन गरी भाकल गरेर जागिर खाएको ६ वर्ष पूरा भयो । विविध कारणले समयमै भाकल पूरा गर्न नसकेकी बताउछन् २०७६ चैतमा भाकल पुर्याउन हलेसी आउने योजना थियो तर कोरोना महामारीले सम्भव भएन । ढिलै भए पनि भाकल पूरा गर्दा महादेव कति खुसी हुनुभयो थाहा भएन । तर, मचाहिँ असाध्यै खुसी छु । मन हल्का भएको छ ।’

प्रभा राईले हलेसी महादेवको नाममा चढाएको सुनको सिक्री हलेसी महादेवस्थान विकास समिति प्रतिनिधि सर्वधन बस्नेत, हलेसी गुफाका पुजारी गोपाल गिरी र श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति प्रतिनिधि हर्कराज राईले कागज गरेर लिएका छन् । बस्नेत, गिरी र राईले कागज गरेर बुझ्नअघि सुनको सिक्री शिवजीलाई छुवाइएको थियो ।

दर्शनार्थीले विभिन्न समयमा चढाएका सुन तथा चाँदी हलेसीकै नाममा सदुपयोग गरिने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए । नगरप्रमुख राईका अनुसार दर्शनार्थीले चढाएका सुन, चाँदी शिवजी तथा पार्वतीलाई चाडबाडविशेषमा गहना पहिर्याउन सदुपयोग गरिनेछ ।

हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले दर्शनार्थीले हलेसीमा चढाएका सुन, चाँदी हलेसी मन्दिरकै सम्पत्तिस्वरूप रहने जानकारी दिए ।

राईका अनुसार: ‘म लिम्चुङबुङ गाउँपालिकामा कार्यरत थिएँ । लिम्चुङबुङबाट हलेसी प्रस्टै देखिन्छ,’ उनले पुछारमा भनिन्, ‘करार सेवाको दुःखबारे करारमा काम गर्नेलाई थाहा हुन्छ । मैले लिम्चुङबुङबाटै रात–दिन हलेसीलाई ढोग्दै चाँडै स्थायी सेवामा प्रवेश गर्न पाऊँ भनी प्रार्थना गर्थें । मेरो प्रार्थना हलेसी महादेवले पूरा गरिदिनुभएकोमा कोटी–कोटी प्रणाम!” 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...