News Portal

उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीया एक वालिकाको मृत्यु

हिमालीसंचार संवाददाता
४१६ पटक

उर्लाबारी  मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका ८ खाईवा चोककी ७ वर्षीया अदीति ओझाको मृत्यु भएको हो।

अदीतिलाई उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए। 

अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदीतिलाई ठक्कर दिएको थियो। आमा बीपीसाका अनुसार दिउसो २:३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्। 

उनको उपचारका क्रममा साँझ ७:३० बजेतिर विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताए।

दुर्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घाइते भएका छन्। उनको प्रहरी निगरानीमा गोदावरी अस्पताल उर्लाबारीमा उपचार सम्भव नभएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाका लागि पठाएको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ। यो समाचार आज उर्लाबारी न्युज डटकमले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...