News Portal

उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीया एक वालिकाको मृत्यु

हिमालीसंचार संवाददाता
४५९ पटक

उर्लाबारी  मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका ८ खाईवा चोककी ७ वर्षीया अदीति ओझाको मृत्यु भएको हो।

अदीतिलाई उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए। 

अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदीतिलाई ठक्कर दिएको थियो। आमा बीपीसाका अनुसार दिउसो २:३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्। 

उनको उपचारका क्रममा साँझ ७:३० बजेतिर विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताए।

दुर्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घाइते भएका छन्। उनको प्रहरी निगरानीमा गोदावरी अस्पताल उर्लाबारीमा उपचार सम्भव नभएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाका लागि पठाएको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ। यो समाचार आज उर्लाबारी न्युज डटकमले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...