News Portal

मोरङको सुनवर्सी धाटको झोलोङ्गे पुल सम्पन्न, आन्तरिक पर्यटकको धुइचो

हिमालीसंचार संवाददाता
४१३ पटक

रबिन्द्र बराल/मोरङ- मोरङको रतुवामाई नगरपालिका-५, स्थित   सुनवर्सिघाटमा ४ सय मिटर मल्टि स्पान झोलोङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ ।

डाईगन  थानी  हिमशिखिर जेवीले २०७५ चैत्र २६  गते उक्त पुल को ठेक्का सम्झौता गरेर काम सुरु गरेता पनि ठेक्का  सम्झौता सम्पन्न हुने समय भन्दा पाँच महिना अगाडि नै पुल निर्माण कार्य  सम्पन्न गरेको छ । 

नेपाल सरकारको ४ करोडौं २० लाख ३५ हजार ४ सय ४५ रुपैयाँको लागत ४ सय मिटर लम्बाइको  झोलोङ्गे पुल सुनवर्सि घाटमा निर्माण  भएको हो । उक्त खोलामा लामो पुल बनेपछि सो क्षेत्रका स्थानीयहरुलाई आवात जावत मात्रै नभएर आन्तरिक पर्यटनको दृष्टिकोणले पनि सो क्षेत्रको महत्व दिन प्रतिदिन बढ्दै गएको छ ।  

अहिले दैनिक सो ठाउँमा मोरङ, झापा र सुनसरी लगायतका विभिन्न स्थानबाट सयौँ युवा, युवती बृद्ध लगायत सर्वसाधारणहरु  उक्त पुलमा आएर फोटो खिच्ने, मनोरम दृश्य अबलोकन गर्ने र टिकटक समेत बनाउने गरेका छन ।   

पछिल्लो समयमा क्षेत्र पर्यटकीय स्थलको रुपमा सञ्चालनमा आएको र सर्वसाधारणहरुको समेत घुईचो लाग्ने गरेको स्थानीय कुमार बुढाथोकीले बताए। नेपाल सरकारले तोकेको मापदण्डअनुसार उक्त उक्त कम्पनीले ५ महिना अगाडी नै सबै प्रक्रिया पुर्याएर निर्माण कार्य सम्पन्न गरेको ठेक्केदार लोक बहादुर बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...