News Portal

मोरङको सुनवर्सी धाटको झोलोङ्गे पुल सम्पन्न, आन्तरिक पर्यटकको धुइचो

हिमालीसंचार संवाददाता
४३३ पटक

रबिन्द्र बराल/मोरङ- मोरङको रतुवामाई नगरपालिका-५, स्थित   सुनवर्सिघाटमा ४ सय मिटर मल्टि स्पान झोलोङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ ।

डाईगन  थानी  हिमशिखिर जेवीले २०७५ चैत्र २६  गते उक्त पुल को ठेक्का सम्झौता गरेर काम सुरु गरेता पनि ठेक्का  सम्झौता सम्पन्न हुने समय भन्दा पाँच महिना अगाडि नै पुल निर्माण कार्य  सम्पन्न गरेको छ । 

नेपाल सरकारको ४ करोडौं २० लाख ३५ हजार ४ सय ४५ रुपैयाँको लागत ४ सय मिटर लम्बाइको  झोलोङ्गे पुल सुनवर्सि घाटमा निर्माण  भएको हो । उक्त खोलामा लामो पुल बनेपछि सो क्षेत्रका स्थानीयहरुलाई आवात जावत मात्रै नभएर आन्तरिक पर्यटनको दृष्टिकोणले पनि सो क्षेत्रको महत्व दिन प्रतिदिन बढ्दै गएको छ ।  

अहिले दैनिक सो ठाउँमा मोरङ, झापा र सुनसरी लगायतका विभिन्न स्थानबाट सयौँ युवा, युवती बृद्ध लगायत सर्वसाधारणहरु  उक्त पुलमा आएर फोटो खिच्ने, मनोरम दृश्य अबलोकन गर्ने र टिकटक समेत बनाउने गरेका छन ।   

पछिल्लो समयमा क्षेत्र पर्यटकीय स्थलको रुपमा सञ्चालनमा आएको र सर्वसाधारणहरुको समेत घुईचो लाग्ने गरेको स्थानीय कुमार बुढाथोकीले बताए। नेपाल सरकारले तोकेको मापदण्डअनुसार उक्त उक्त कम्पनीले ५ महिना अगाडी नै सबै प्रक्रिया पुर्याएर निर्माण कार्य सम्पन्न गरेको ठेक्केदार लोक बहादुर बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...