News Portal

दर्शन बचत तथा ऋण सहकारीको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा बिष्णु उच्चै

हिमालीसंचार संवाददाता
२९० पटक

पोखरा – दर्शन बचत तथा ऋण सहकारी सहकारीको १०औं साधारणसभा तथा चौथो अधिवेशनले बिष्णु उच्चै ठकुरी अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ।

समितिको उपाध्यक्षमा राजाराम शाही, सचिव फम सिंह, कोषाध्यक्ष लक्ष्मण मल्ल, सह सचिव ज्योति हमाल, चित्र बहादुर मल्ल, दिलकुमारी खाँण, आशा सेन, लक्ष्मी मल्ल, लक्ष्मी कुमारी खाँण, मैना सेन छन्।

नवनिर्वाचित अध्यक्ष बिष्णु उच्चै ठकुरीले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सेयर सदस्यलाई धन्यवाद दिनुभयो। उँहाले सहकारीमा सेयर सदस्यको हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै दर्शन सहकारीको गरिमा र उचाईलाई थप टेवा दिने बताउदैँ आर्थिक पारदर्शितासँगै सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो।

सस्थापक अध्यक्ष खिम बहादुर शाहीको अध्यक्षतामा अधिवेशनलमा कृषि भूमि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले दर्शन बचत तथा ऋण सहकारीलाई कास्की जिल्लामै नमुना सहकारी बन्न सुभकामना दिदैँ सहकारीको उत्तरउत्तर प्रगतिको कामना गर्नुभयो।

उँहाले भविष्यमा गरिने हरेक योजना सेयर सदस्य मैत्री बनाउन अनुरोध गर्दै मन्त्रालयबाट निर्देशित नीति र नियम पूर्णरुपमा पालना गर्न सुझाउनु भएको थियो। सहकारीका सचिव राजाराम शाहीले सञ्चालन गरेको सभामा उपाध्यक्ष बिष्णु उच्चै ठकुरीले स्वागत गर्नुभएको थियो।

सभामा सहकारीका सल्लाहकार दुर्गा बहादुर शाह, ठकुरी संगम परिवार कास्कीका अध्क्ष फम बहादुर शाही, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल लगायतले शुकामना व्यक्त गरेका थिए।

त्यस्तै, लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा पदमा मल्ल, सदस्य शान्ति शाही र याम बहादुर हमाल, ऋण समिति संयोजक चित्र बहादुर मल्ल, सदस्यमा रबिन्द्र बिक्रम चन्द र खिम बहादरु शाही, शिक्षा समिति संयोजकमा ज्योति हमाल, सुनिता मल्ल र लक्ष्मी शाही रहेका छन्। निर्वाचन संयोजक ईश्वरी हमालले नवनिर्वाचित टिमलाई सपथ गराउनु भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...