News Portal

  • ट्रम्पविरुद्ध खनिए मार्क जुकेरवर्ग, ट्रमका फेसबुक र इन्स्टाग्राम अनिश्चितकालिन प्रतिबन्ध

    हिमालीसंचार संवाददाता
    ३२६ पटक

    एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारीक फेसबुक र इन्स्टाग्राम एकाउन्ट अनिश्चित समयका लागि निलम्बनमा परेको छ । फेसबुक सिईओ मार्क जुकेरवर्गका अनुसार कम्तिमा २० जनवरीमा जो बाइडेनले नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्नु अधिसम्म निलम्बन कायम हुनेछ ।

    जुकेरवर्गकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हाम्रो बुझाईमा राष्ट्रपतिलाई हाम्रो सेवा प्रयोग गर्ने अनुमति निरन्तर दिनुको जोखिम ठूलो छ । त्यसैले, फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्धलाई हामी अनिश्चितकालका लागि लम्ब्याउँदैछौं र कम्तिमा आगामी दुइ साता, शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण पूरा नभएसम्म जारी रहनेछ ।’

    जुकेरवर्गले बुधबार वासिङटन डिसीमा भएको ‘स्तब्धकारी घटना’ को निन्दा पनि गरेका छन् । ‘ट्रम्पले पदमा छँदाको बाँकी समयलाई शान्तिपूर्ण र वैध सत्ता हस्तान्तरणको अवमूल्यन गर्ने मनसायले उपभोग गर्ने त्यस प्रदर्शनबाटै स्पष्टै देखिएको छ’ जुकेरवर्गले भने । प्रजातन्त्रिक तवरले चुनिएको सरकारविरुद्ध हुलहुज्जत निम्त्याउनका लागि ट्रम्पले सामाजिक सञ्जाल प्रयोग गरिरहेको आरोप पनि जुकेरवर्गले लगाए । यसअघि संसद् भवन आक्रमणपछि ट्वीटरले पनि १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट निलम्बन गरेको थियो । 

    बुधबार ट्रम्पको आग्रहमा उनका समर्थकहरुले संसद् भवनलाई घेरा हालेका थिए । त्यसयता प्रदर्शनकारीहरु संसद् भवनभित्रै छिरे । गत नोभेम्बरमा भएको निर्वाचनको मतपरिणाम मत सदर गर्दै जो बाइडेनलाई नयाँ राष्ट्रपतिका रुपमा अनुमोदन गर्नका लागि बसेको संसद् बैठकमा उनीहरुले अवरोध सिर्जना गरे । मुठभेडमा एक प्रहरी अधिकारी र चारजना प्रदर्शनकारीको मृत्यु, ६० जनाभन्दा धेरै घाइते र हुलहुज्जतको अभियोगमा ८० जनाभन्दा धेरै पक्राउ परेका छन् ।

    प्रदर्शन साम्य भएपछि फेरि बसेको संसद् बैठकले जो बाइडेनलाई नयाँ राष्ट्रपतिमा सदर गरिसकेको छ । त्यसैले, २० जनवरीमा जो बाइडेनले पदको सपथ लिनेछन् । संसद् भवनमाथि भएको हमलाको देश–विदेशबाट ठूलो आलोचना भएपछि ट्रम्पले नियमअनुसार सत्ता हस्तान्तरण गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...