News Portal

ट्रम्पविरुद्ध खनिए मार्क जुकेरवर्ग, ट्रमका फेसबुक र इन्स्टाग्राम अनिश्चितकालिन प्रतिबन्ध

हिमालीसंचार संवाददाता
४२२ पटक

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारीक फेसबुक र इन्स्टाग्राम एकाउन्ट अनिश्चित समयका लागि निलम्बनमा परेको छ । फेसबुक सिईओ मार्क जुकेरवर्गका अनुसार कम्तिमा २० जनवरीमा जो बाइडेनले नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्नु अधिसम्म निलम्बन कायम हुनेछ ।

जुकेरवर्गकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हाम्रो बुझाईमा राष्ट्रपतिलाई हाम्रो सेवा प्रयोग गर्ने अनुमति निरन्तर दिनुको जोखिम ठूलो छ । त्यसैले, फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्धलाई हामी अनिश्चितकालका लागि लम्ब्याउँदैछौं र कम्तिमा आगामी दुइ साता, शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण पूरा नभएसम्म जारी रहनेछ ।’

जुकेरवर्गले बुधबार वासिङटन डिसीमा भएको ‘स्तब्धकारी घटना’ को निन्दा पनि गरेका छन् । ‘ट्रम्पले पदमा छँदाको बाँकी समयलाई शान्तिपूर्ण र वैध सत्ता हस्तान्तरणको अवमूल्यन गर्ने मनसायले उपभोग गर्ने त्यस प्रदर्शनबाटै स्पष्टै देखिएको छ’ जुकेरवर्गले भने । प्रजातन्त्रिक तवरले चुनिएको सरकारविरुद्ध हुलहुज्जत निम्त्याउनका लागि ट्रम्पले सामाजिक सञ्जाल प्रयोग गरिरहेको आरोप पनि जुकेरवर्गले लगाए । यसअघि संसद् भवन आक्रमणपछि ट्वीटरले पनि १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट निलम्बन गरेको थियो । 

बुधबार ट्रम्पको आग्रहमा उनका समर्थकहरुले संसद् भवनलाई घेरा हालेका थिए । त्यसयता प्रदर्शनकारीहरु संसद् भवनभित्रै छिरे । गत नोभेम्बरमा भएको निर्वाचनको मतपरिणाम मत सदर गर्दै जो बाइडेनलाई नयाँ राष्ट्रपतिका रुपमा अनुमोदन गर्नका लागि बसेको संसद् बैठकमा उनीहरुले अवरोध सिर्जना गरे । मुठभेडमा एक प्रहरी अधिकारी र चारजना प्रदर्शनकारीको मृत्यु, ६० जनाभन्दा धेरै घाइते र हुलहुज्जतको अभियोगमा ८० जनाभन्दा धेरै पक्राउ परेका छन् ।

प्रदर्शन साम्य भएपछि फेरि बसेको संसद् बैठकले जो बाइडेनलाई नयाँ राष्ट्रपतिमा सदर गरिसकेको छ । त्यसैले, २० जनवरीमा जो बाइडेनले पदको सपथ लिनेछन् । संसद् भवनमाथि भएको हमलाको देश–विदेशबाट ठूलो आलोचना भएपछि ट्रम्पले नियमअनुसार सत्ता हस्तान्तरण गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन् । 

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...