News Portal

न्यायिक संवाद कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३९१ पटक

सुर्खेत – सुर्खेतको लेकबेशी नगरपालिका वडा नम्बर ६ मा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानिय नागरिकहरुलाई अदालतले दिने सेवा सुविधाका बारेमा जानकारी गराईएको छ।

जिल्ला न्यायाधिस डा.राजेन्द्रकुमार आचार्यले अदालतले निष्पक्ष काम गर्ने भन्दै बिचौलियबाट बच्न आम नागरिकलाई आग्रह गर्नुभयो। कार्यक्रममा नगरप्रमुख गगनसिहँ सुनारले यस्ता कार्यक्रमहरु नियमित संञ्चालन हुन सके समुदायमा कानुन सम्बन्धी सचेतना प्रभावकारी हुने बताउनुभयो।

न्यायिक समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख शान्तीकुमारी छन्तेलले आगामी दिनमा आफ्नो नगरपालिकाले कानुन पुर्ण रुपमा पालना गरेर कार्यविधि बनाउने बताउनुभयो। यस्तै, सुर्खेत जिल्ला अदालतबाट न्यायिक समिति लेकबेशी नगरपालिकाले गरेका न्यायिक निरोपनका कार्यहरुको निरक्षण पनि गरेको छ।

कार्यक्रममा अदातलका स्रेस्तेदार यामप्रसाद बास्कोटा, नेपाल कानुन व्यवसायी परिषदका पार्षद रामबाबु विसी, वैतानिक कानुन व्यवसायी बीरेन्द्रकुमार थापा लगायतको सहभागीता रहेको थियो।

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...