News Portal

म को हुँ..?

कमल सिंह ठकुरी
१००४ पटक
साउन ९, २०७५ बुधबार

लाभा जस्तै छु ज्वालामुखिको
प्रचण्ड छु गृष्म झैं
पातलो छु धार झैं तलबारको
तिख्खो छु तिर जस्तै धनुषबाणको
रातो छु फलाम भन्दा अंगारको
खै किन ?
म सक्दिन् सुन्न चिच्हाट
सोसित स्वरहरु
म सक्दिन हेर्न ती
अाकासे छत झुपडाहरु
ठालु भनौदाहरु को
अक्कड ह्रास को लब्ज
म देखि किन सहन सक्दिन…
देख्दा..
पाईला मेट्ने परिबृद्दि
बलेको अागो ताप्ने देखि
अालो पोत्न खोज्ने देखि
अाफ्नै गोरुको बाह्र टक्के शीत
कान नछामेर काग लगारने सित
अस्त्र बन्न मन लाग्छ
ब्रम्हा जस्तो
चिर्को बनु जस्तो लाग्छ
जेठमासे बेकाबु मौसम जस्तो
भुडी बादका थाप्लेहरुमा
बज्र भएर बज्रिन मन लाग्छ
खै किन ?
म सक्दिन् सुन्न चिच्हाट
सोसित स्वरहरु
म सक्दिन हेर्न ती
अाकासे छत झुपडाहरु
ठालु भनौदाहरु को
अक्कड ह्रास को लब्ज
म देखि किन सहन सक्दिन…!!!

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...