News Portal

नेपाली महावाणिज्यदूतावास हङकङको जरुरी सूचना, आश्वासन र प्रलोभनमा नपर्न दूतावासको विशेष आग्रह

हिमालीसंचार संवाददाता
१०८० पटक

युवा राई/ हङकङ – कोरोना भाइरस तथा विभिन्न कारणले मकाउमा रोजगारी गुमाएका नेपालीहरु अहिले नेपाल फर्कन अन्यौल परिरहेको अबस्थामा मकाउदेखि नेपाल सिधा उडान नहुदा मकाउमा रोजगारी गुमाएका नेपालीहरुको उद्धार गर्न समस्या भइरहेको छ। चार्टर विमान मकाउ नै ल्याउने प्रयास भई रहेको हुदा नेपाल फर्कने नेपाली नागरिकहरुले एनआरएन मकाउको कार्यालयमा आफ्नो सम्पूर्ण विवरण टिपोर्ट गर्नका अनुरोध गरेको छ। नेपाली महावाणिज्यदूतावास हङकङले एनआरएनए मकाउलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ। 

नेपाली महावाणिजदूतावास हङकङको सूचनामा भनिएको छ: “रोजगारी गुमाई मकाउमा रहनु भएका नेपाली नागरिकहरुले देखाउनु भएको धैर्यतालाई धन्यवाद छ।  मकाउबाट नेपाल फर्काउने सम्बन्धमा प्रयास भइरहेको जानकारी यहाँहरु समेत सबैलाई विदितै छ। पछिल्लो समयमा बास्तविक रुपमा नेपाल फर्कने यात्रुहरुको संख्या एकिन नभएका कारण वायुसेवा मकाउ ल्याई उद्धार गर्नमा कठिनाई समेत भएको छ।

अतः सोको निवारणका लागि मकाउबाट नेपाल फर्कन कन्सुलेटले उपलब्ध गराएको लिंकमा फारम भर्नु हुने तथा कोही छुट्नु भएको भए आगामी १० जनवरी २०२१ भित्र गैरआवासीय नेपाली संघ मकाउको कार्यालयमा सम्पर्क राखी एनआरएनए मकाउको फोन नम्बर ६८८१०९०४ आफ्नो नाम दर्ता भए नभएको एकिन गराउन हुन तथा नेपाली राहदानीको प्रतिलिपि एक थान बुझाउन हुन अनुरोध छ। उडानको मिति सम्बन्धित व्यक्तिलाई यथाशीघ्र जानकारी गराईने समेत दूतावासको सूचनामा भनिएको छ।

मकाउ स्थित हाम्रा प्रतिनिधिले लिएको जानकारी अनुसार एनआरएनए मकाउले चार्टर्सको विषयमा मिति एकिन नभएको जानकारी प्राप्त भएको छ। संघका अध्यक्ष पुर्ण बहादुर गुरुङका अनुसार नेपाली महावाणिज्यदूतावास हङकङले यस विषयमा जानकारी दिने बताएका छन्। दूतावास हङकङले थप स्पस्ट भनेको छ; “कन्सुलेटको आधिकारिक सूचना विना नेपाल फिर्तीका लागि भनि कसैले विभिन्न आश्वासन वा प्रलोभन देखाई प्रभाव गर्ने कार्य गरेको भए त्यस्ता कार्यमा विश्वास नगर्न” समेत पछिल्लो सूचना जारी गरेर सम्बन्धित सबैलाई दूतावास हङकङले सचेत गरेको छ। त्यस्ता कार्य गरेको पाइएमा दूतावास हङकङलाई सूचना दिन समेत आग्रह गरिएको छ। महावाणिज्यदूतावासको सम्पर्क नं. २३७९७८१३ हटलाइन नं. ९८७९५७५० कार्यालयको समय भित्र सम्पर्क गर्न सकिने दूतावासले उल्लेख गरेको छ।

नेपाली महावाणीज्यदूतावास हङकङले जारी गरेको लिंक तल राखेका छौ।  नेपाली महाबाणिज्य दूतावास हङकङले दिएको लिंक क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...