News Portal

प्रहरीको सफलता: ठगी कसुरमा विद्या सरकार पक्राउ

हिमालीसंचार संवाददाता
५७४ पटक

ठगी धन्दा गर्दै आएकी विद्या सरकार,
तस्विरः सौजन्य जिल्ला प्रहरी कार्यालय दैलेख।


सुर्खेत – अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन्। दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो।

बिहीबार विद्या सरकारलाई दैलेख प्रहरीले सार्वजनिकसमेत गरेको छ। दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँ भन्दै उनले ठगी धन्दा गर्दै आएकी थिइन्।

‘आफ्नो संस्थाले स्थानीय तहमा कोभिड-१९ (कोरोना भाइरस) महामारीको रोकथामका लागि स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गर्ने जिम्मा मलाई दिएको छ भन्दै स्थानीय तहमा स्वास्थ्य सामग्री र राहत बाड्ने गरेकी थिइन्,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी इन्द्रजित सुनारले भने, ‘आफ्नो (विद्या सरकारको) अमेरिकाको लागि भिसा लागेको र आफूले ८/१० जना युवालाई अमेरिका पठाउन सक्छु भन्दै युवालाई प्रलोभनमेत देखाएको पाइएको छ।’

उक्त प्रलोभन देखाएर उनले कात्तिक १४ गते नारायण नगरपालिका-१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको उजुरीसमेत प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। त्यस दिनदेखि मनोजसँग विद्या सरकार सम्पर्कविहीन भएकी थिइन्।

त्यस्तै नारायण नगरपालिका-१, का २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने प्रलोभनमा पारी झुक्याइ वैशाख ३१ गतेदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दश रुपैयाँ पठाउन लगाएर सम्पर्कविहीन भएकी थिइन्। ठगी कसुरअन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरी अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाएको थियो।

हाल जिल्ला प्रहरी कार्यालयमा दुईवटा मात्र उजुरी दर्ता भए पनि धेरैजनालाई समाज सेवा र अमेरिका लिने प्रलोभनमा करिब २ करोडभन्दा बढी ठगेको अनुमान गरिएको छ। यसको पुष्टि भने भएको छैन। ‘दैलेखमा धेरै ठगेको भन्ने आएको छ,’ सूचना अधिकारी सुनारले भने, ‘दिए लिएको कागज नहुँदा धेरैले उजुरी दिन सकेका छैनन्।’ यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...