News Portal

  • प्रहरीको सफलता: ठगी कसुरमा विद्या सरकार पक्राउ

    हिमालीसंचार संवाददाता
    ३९५ पटक

    ठगी धन्दा गर्दै आएकी विद्या सरकार,
    तस्विरः सौजन्य जिल्ला प्रहरी कार्यालय दैलेख।


    सुर्खेत – अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन्। दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौले उनलाई पक्राउ गरेको हो।

    बिहीबार विद्या सरकारलाई दैलेख प्रहरीले सार्वजनिकसमेत गरेको छ। दैलेखको नारायण नगरपालिकामा केही समय अघि आइ आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँ भन्दै उनले ठगी धन्दा गर्दै आएकी थिइन्।

    ‘आफ्नो संस्थाले स्थानीय तहमा कोभिड-१९ (कोरोना भाइरस) महामारीको रोकथामका लागि स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गर्ने जिम्मा मलाई दिएको छ भन्दै स्थानीय तहमा स्वास्थ्य सामग्री र राहत बाड्ने गरेकी थिइन्,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी इन्द्रजित सुनारले भने, ‘आफ्नो (विद्या सरकारको) अमेरिकाको लागि भिसा लागेको र आफूले ८/१० जना युवालाई अमेरिका पठाउन सक्छु भन्दै युवालाई प्रलोभनमेत देखाएको पाइएको छ।’

    उक्त प्रलोभन देखाएर उनले कात्तिक १४ गते नारायण नगरपालिका-१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको उजुरीसमेत प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। त्यस दिनदेखि मनोजसँग विद्या सरकार सम्पर्कविहीन भएकी थिइन्।

    त्यस्तै नारायण नगरपालिका-१, का २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने प्रलोभनमा पारी झुक्याइ वैशाख ३१ गतेदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दश रुपैयाँ पठाउन लगाएर सम्पर्कविहीन भएकी थिइन्। ठगी कसुरअन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरी अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाएको थियो।

    हाल जिल्ला प्रहरी कार्यालयमा दुईवटा मात्र उजुरी दर्ता भए पनि धेरैजनालाई समाज सेवा र अमेरिका लिने प्रलोभनमा करिब २ करोडभन्दा बढी ठगेको अनुमान गरिएको छ। यसको पुष्टि भने भएको छैन। ‘दैलेखमा धेरै ठगेको भन्ने आएको छ,’ सूचना अधिकारी सुनारले भने, ‘दिए लिएको कागज नहुँदा धेरैले उजुरी दिन सकेका छैनन्।’ यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    जलेश्वरका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन...

    १८ वर्षपछि सडक कालोपत्र

    म्याग्दी। जिल्लाको मालिका गाउँपालिका– ६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। नयाँपत्रिकाका...

    मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने

    विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएपछि आज बिहानै मुख्यमन्त्री केदार कार्की काठमाडौँ लागेका...

    सोल्टी एक्स्प्रेस मर्टको मुख्य प्रायोजनमा १० मे मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

    कुवेत- आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट “सोल्टि एक्स्प्रेस...

    इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण

    एजेन्सी। हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal