News Portal

  • हङकङ-पान्थर मञ्च, हङकङदेखि जन्तरे मामालाई आर्थिक सहयोग

    हिमालीसंचार संवाददाता
    ५०८ पटक

    काठमाडौ – गायक जन्तरे मामाको रुपमा भाइरल भएका अमृत कुमार राईको घर निर्माणको लागि हङकङ-पान्थर मञ्च, हङकङदेखि आर्थिक सहयोग १ लाख ७७ हजार १७ रुपैया हस्तान्तरण गरिएको मञ्चका सल्लाहकार प्रताप कोयु राईले जानकारी दिए।

    संयोजक प्रताप कोयु राईका अनुसार हङकङमा संकलित रकम हङकङ पान्थर मञ्चका पूर्व सहसचिव भुपेन्द्र योङया ‘साक्थिम’ र पूर्वअध्यक्ष टिका माखिम फुङ्लेपद्वारा १ लाख ७७ हजार १७ रुपैंया हस्तान्तरण गरिएको हो। 

    दमकस्थित चारकोल रेस्टुरेण्टमा आयोजित एक कार्यक्रमवीच भाइरल गायक जन्तरे मामालाई संकलित रकम चेक मार्फत हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरणपछि जन्तरे मामाले केही गीतहरु पस्किएर स्थानीय आधा दर्जन कलाकारहरुका साथमा मनोरञ्जन समेत दिएका थिए। 

    जन्तरे मामाको घर निर्माणको लागि गठित समितिले आवश्यक रकम संकलन गरी गायक राईको घर निर्माण थालिने हङकङ पाँचथर मञ्चका भूपू सहसचिव तथा गायक साक्थिम योङयाले बताए। गायक राईले स्वर सम्राट नारायण गोपालको गीत जस्ताको त्यस्तै गाउने गायक जन्तरे मामा भनेर विभिन्न संचार माध्यमद्वारा सार्वजनिक भएपछि भाईरल भएपछि गायक राईको एकल तथा चर्चित गायिकाहरु मेलिना राई, एलिना चौहानसंग युगल गीतहरु समेत रेकर्ड गरी सकेको छ ।

    आर्थिक अवस्था कमजोर रहेका गायक जन्तरे मामाको घर नभाएको कुरा सार्वजनिक भएपछि हङकङ पान्थर मञ्चका सल्लाहकार प्रताप कोयुको विशेष सल्लाह र सक्रियतामा सहयोग रकम संकलन गरेर हिजो हस्तान्तरण गरिएको हो। 

    गायक राईको सहयोग अभियान अन्तर्गत किरात राई सोदेल कोयी/कोयु किम हङकङको समेत विशेष भूमिका रहेको संयोजक प्रताप कोयु राईले जानकारी दिदै हिमालीसंचारसंगको कुराकानीमा यस अभियान मार्फत सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीदाताहरुमा विशेष आभार समेत व्यक्त गरेका छन् । आयोजित कार्यक्रम भिम राज कोयु राईले संचालन गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...