News Portal

  • कर्णालीमा नेकपा: पदीय लोभको राजनीति !

    हिमालीसंचार संवाददाता
    ३८८ पटक

    सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक फुटको अवस्थामा कर्णाली प्रदेशबाट राजनीतिक प्रतिनिधित्व गर्ने नेताहरु भने पदीय लाभको राजनीतिक यात्रा तय गरेका छन्। राजनीतिक विचार सिद्धान्त र समूहमा अडिक नभएर पद र कुर्चीको लोभमा खेमा परिवर्तन गर्ने गरेको पाइन्छ।

    कर्णाली प्रदेशसभामा ४० प्रदेशसभा सदस्य छन् जसमध्ये नेकपाका ३३ जना सांसद रहेको थिए। केन्द्रमा आएको फुटसँगै नेकपा कर्णाली प्रदेशमा ३३ सांसदमध्ये प्रचण्ड–नेपाल पक्षका १९ जना सांसद रहेका थिए भने ओली पक्षका १४ जना सांसद रहेका थिए। सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले खेमा परिवर्तन गरेपछि अब प्रचण्ड–नेपाल समूहमा २२ जना सांसद रहेका छन् भने।

    ओली खेमाका मन्त्री रावल र बुढाले खेमा परिवर्तन गरि माधव–प्रचण्ड पक्षमा सामेल भएका हुन्। खेमा परिवर्तन गरेपछि मन्त्री रावल र बुढाको पद जोगिने संम्भावना बढेको छ भने, कर्णाली प्रदेश सरकारमा समेत माधव–प्रचण्ड पक्ष बहुमत पुगेको छ।

    कर्णालीमा ओली र माधव–प्रचण्ड दुवै पक्षका बलियो नेतृत्व नहुँदा खेमा परिवर्तन विश्वाससमेत नभएको विश्लेषकहरुको भनाई छ। पदको लाभ पाउने आशमा खेमा परिवर्तन गर्ने र पद नपाएपछि पुनः सोही खेमामा फर्किने गरेकोले पनि उनिहरुप्रतिको विश्वास कम हुँदै गएको हो।

    प्रतिनिधीसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुर लामा माधव–प्रचण्ड खेमाका भएपनि नेकपामा आएको तरंगपश्चात मन्त्री पद पाउने आशमा ओली खेमामा गएका थिए। तर नयाँ मन्त्रीमण्डल विस्तारका क्रममा लामाको नाम समावेश नहुने भएपछि उनी पुनः माधव–प्रचण्ड खेमामा फर्किएका हुन्।

    यस्तै, प्रदेश सरकारको सामाजिक विकास मन्त्री रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बुढाले पद जोगाउन खेमा परिवर्तन गरेपनि प्रदेश सरकार परिवर्तन भएर पद नपाएमा पुनः ओली खेमामै फर्किने आशंका कार्यकर्ताले गरेका छन्।

    त्यसैगरी प्रदेश सरकार परिवर्तन हुने अवस्थामा मन्त्री पद पाउने आशमा प्रदेशसभा सदस्य ठम्मर विष्टले माधव–प्रचण्ड खेमाबाट मन्त्री पद नपाउने भएपछि खेमा परिवर्तन गरेको आरोप लागेको छ भने, ओली खेमाका प्रदेशसभा सदस्य पदम रोकाय पनि पदको आशमा खेमा परिवर्तन गरेको बुझिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...