News Portal

  • कतारबिरूद्धको प्रतिबन्ध अन्त्य, खाडी मुलुकबीचको एकता र स्थायित्वका लागि सहमति

    हिमालीसंचार संवाददाता
    ३३६ पटक

    दोहा – खाडी राष्ट्रहरूले क्षेत्रीय “एकता र स्थायित्व” सम्बन्धी ३ वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मङ्गलबार बताउनुभएको छ।

    साउदीअरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त अतिवादी इस्लामिक समूहसँग कतार अधिक निकट बनेको आरोप लगाउँदै सन् २०१७ को जुनमा उनीहरूले कतारसँग कुटनीतिक सम्बन्ध तथा पारबहन सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए।

    उक्त निर्णयले कतारलाई खाडीमा एक्लो बनाएको थियो यद्यपि गठबन्धनको आरोपलाई कतारले खण्डन गर्दै आएको थियो। यी प्रयासहरूले हामीलाई अल उला वक्तव्यको सहमतिमा पुग्न मद्दत पुर्याएको छ। शिखर सम्मेलनमा हस्ताक्षर हुनेछ। सम्मेलनमा हामी हाम्रो खाडी, अरब र इस्लामिक एकता र स्थिरताको पुष्टि गर्दछौं,” उहाँले बैठकमा भन्नुभयो।

    मध्यस्थताका लागि उहाँले संयुक्त राज्य अमेरिका र कुवेतलाई धन्यवाद दिनुभएको छ। उहाँले थप्नुभयो, आज हाम्रो क्षेत्रको प्रवर्धन र हाम्रो वरपर रहेका विशेष गरी इरानी शासनको आणविक र बैलिस्टिक मिसाइल कार्यक्रमले ल्याएको खतराहरू चुनौतिहरूको सामना गर्न सहयोग पुगेको छ। तोडफोड र विनाश गर्ने योजनाहरूको सामना गर्न एकजुट हुनु आवश्यक छ।

    अल उला घोषणा पत्र नाम दिइएको दुई सहमति पत्रमा छ–सदस्यीय खाडी सहकार्य परिषद्का नेताले हस्ताक्षर गरेका छन्। साउदी सहर अल उलामा खाडी क्षेत्रका यी मुलुकहरूको शिखर सम्मेलन र मस्यौदा तयार भएको हो। उनीहरूको सहमतिसम्बन्धी सामग्री तुरून्त सार्वजनिक गरिएको छैन तर, छिमेकीहरू बीचको लामो दुश्मनीको बाबजुद साउदीले दोहासम्म आफ्नो सिमाना खोल्ने घोषणा गरेपछि राति कडा गतिरोध अन्त्य गर्ने सम्झौताको आशा बढेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...

    स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

    काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए...

    निर्वाचन रोक्ने आदेशले देश ठप्प हुने चेतावनी : न्यायाधीश रेग्मी

    काठमाडौं, कार्तिक १२ – प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि...

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...