News Portal

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा अवरोध गर्न प्रचण्ड-माधव नेकपाको निर्देशन

हिमालीसंचार संवाददाता
५६५ पटक

काठमाडौं – नेकपाभित्र राजनीतिक रुपमा हार मान्नु भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अबको निशाना विकास निर्माणमा केन्द्रीत गर्नुभएको छ। केन्द्रमा सरकारलाई कोरोनाकाल देखी नै अप्ठेरो र दैनिक किचलो झिक्दै आएको यो समुहले पार्टी विभाजन गरेपछि प्रदेशसभामा केन्द्रीत बनेको थियो।

दुई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएपनि त्यो सफल हुने सम्भावना निक्कै कम देखिएको छ। प्रदेश सरकारमा अस्थिरता निम्ताएपछि अब विकास निर्माणमा जसरी पनि अवरोध गरेर काम गर्न नदिनु भन्ने निर्देशन सो समुहले दिएको खुलेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको युग शुरु गरेको बताईरहेका बेला प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ताले खन्न शुरु भईसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काममा अवरोध गरेका छन्। काठमाडौंतर्फका स्थानीयले करिब एक दर्जन पुरा हुन नसक्ने माग राखेर आयोजनाको काममा अवरोध गर्न थालेका छन्।

चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेती नेतृत्वको टोलीले अवरोध गरेको हो। स्थानीय निर्वाचना सुर्खेती माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनु भएको थियो। प्रचण्डको विशेष निर्देशनपछि उहाले पुरा हुनै नसक्ने माग राखेर केही स्थानीयलाई साथ लिई अवरोध गरिरहनु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो। अहिले धादिङतर्फ सुरुङ खन्ने काम जारी छ। काठमाडौं तर्फ सुरुङ खन्न पोर्टल बनाउने काम जारी छ। आयोजना स्रोतका अनुसार अहिले निर्माणको काम सुरु भएपछि माग लिएर आउने पुष्पकमल दाहाल–माधव नेपाल समूहका व्यक्ति रहेको बताइएको छ।

‘सुरुङ निर्माण थाल्नुअघि स्थानीयले यस्ता माग ल्याएका थिएनन्,’ आयोजना स्रोतले भन्यो, ‘जब नेकपा विभाजन भयो, तब स्थानीयले बखेडा झिक्न थालेका छन्। आयोजनाले पुरा गर्नै नसक्ने माग स्थानीयले राखेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा बताउँनु हुन्छ। सुरुङमाथिको जग्गामा केही गर्न नपाउने भन्दै मुआब्जा मागेको उहाले बताउनु भयो। तर सुरुङमाथिको जमिनमा घर बनाउन कुनै रोकावट नहुने उहाको भनाइ छ।

एक सय मिटर मुनि सुरुङ हुनेछ। ‘हामीले धेरै माग सम्बोधन गरिसकेका छौं,’ थापाले भन्नुभयो, ‘स्थानीयले राखेका धेरै माग पूरा गर्न नसक्ने किसिमका छन्।’ स्थानीय ९९ जनालाई रोजगारी दिइएको छ। ‘तर स्थानीयको माग वडाले सिफारिस गरेअनुसार हुनुपर्ने र उनीहरूकै वडाको हुनुपर्ने छ,’ थापाले भन्नुभयो, ‘३ र ५ नम्बर वडाले पठाएको नहुने भनिएको छ।’ नियम बनाउँदा निर्माण कम्पनी हाज्मा एन्डोले नगरपालिकालाई यति मान्छे चाहियो भनी माग्ने र नगरपालिकाले सिफारिस गरेर पठाउने भनिएको थियो। तर स्थानीयले यसमा असहमति जनाएको उहाको भनाइ छ।

स्थानीयका १० वटा टिपर आयोजनाले प्रयोग गरेको छ। ‘स्थानीयले फाइदा पनि लिएकै छन्, घुर्काउन पनि छाडेका छैनन्,’ उहाले भन्नुभयो, ‘अहिलेसम्म काम रोकिएको छैन, माग पूरा नभए काम रोक्ने चेतावनी दिएका छन्।’ वडाध्यक्ष नेतृत्वको टोलीले माग सम्बोधन नभए धादिङ र काठमाडौं दुवैतर्फका काम रोक्ने चेतावनी दिएको उहाको भनाइ छ। ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सुरुङको दूरी २ दशमलव ६८ किमि छ। सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग रहेको छ। ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो। जसमा ६ अर्ब नेपाल सरकारको छ। (जनताटाईम्स)

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...