News Portal

कोरोना भाइरस बढेपछि बेलायतमा थप लकडाउन, तेस्रो देशव्यापी लकडाउन घोषणा

मंगलबारदेखि सिंगो बेलायत लकडाउन

हिमालीसंचार संवाददाता
५१५ पटक

लण्डन – कोरोना भाइरसको संक्रमण तीव्रतर बढेपछि बेलायतमा थप लकडाउनको घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सोमबार रातिदेखि लकडाउनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री जोन्सनले देशवासीलाई नयाँ नियमको पालना गर्न अपील गरेका छन् । उनले अत्यावश्यकीय कार्यबाहेक घरमै बस्न अनुरोध गरेका छन् । नयाँ नियमले यसअघि बेलायतमा रहेको टियर प्रणालीलाई हटाउने छ । बेलायतलाई यदि घरबाट काम गर्न नसक्ने अवस्थामा, अत्यावश्यक खाद्यान्न वा ओैषधि किन्न, शारीरिक कसरतका लागि, जोखिममा रहेका व्यक्तिहरुलाई हेरचाह गर्न र चिकित्सकीय भेट वा हिँसाबाट जोगिनका लागि मात्र घरबाट निस्कन मिल्नेछ । शारीरिक अभ्यासका क्रममा एकाघरमा बस्नेबाहेकका एक जनासित भेट गर्न पाइनेछ ।
यस्तै, प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, कलेज र विश्वविद्यालय भोलिदेखि नै अनलाइनका माध्यमबाट संचालन हुने छ। तर नर्सरीहरु भने खुला रहनेछन् ।

बेलायतमा यो तेस्रो राष्ट्रव्यापी लकडाउन हो । यो लकडाउन फेब्रअरीको मध्यसम्म रहने बताइएको छ । उता स्कटल्याण्डमा पनि आज मध्यरातबाट नै लकडाउन लागू गरिएको छ । वेल्समा पनि जनवरी १८ सम्मका लागि सबै विद्यालयहरु अनलाइनमा संचालन हुने बताइएको छ ।

सरकारले ल्याएको नयाँ कानुनमाथि छलफल र मतदानका लागि बुधबार भर्चुअलरुपमा बेलायतको संसद बोलाइएको छ । बेलायतमा बितेको २४ घण्टामा मात्र करिब ५९ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...