News Portal

कोरोना भाइरस बढेपछि बेलायतमा थप लकडाउन, तेस्रो देशव्यापी लकडाउन घोषणा

मंगलबारदेखि सिंगो बेलायत लकडाउन

हिमालीसंचार संवाददाता
४७१ पटक

लण्डन – कोरोना भाइरसको संक्रमण तीव्रतर बढेपछि बेलायतमा थप लकडाउनको घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सोमबार रातिदेखि लकडाउनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री जोन्सनले देशवासीलाई नयाँ नियमको पालना गर्न अपील गरेका छन् । उनले अत्यावश्यकीय कार्यबाहेक घरमै बस्न अनुरोध गरेका छन् । नयाँ नियमले यसअघि बेलायतमा रहेको टियर प्रणालीलाई हटाउने छ । बेलायतलाई यदि घरबाट काम गर्न नसक्ने अवस्थामा, अत्यावश्यक खाद्यान्न वा ओैषधि किन्न, शारीरिक कसरतका लागि, जोखिममा रहेका व्यक्तिहरुलाई हेरचाह गर्न र चिकित्सकीय भेट वा हिँसाबाट जोगिनका लागि मात्र घरबाट निस्कन मिल्नेछ । शारीरिक अभ्यासका क्रममा एकाघरमा बस्नेबाहेकका एक जनासित भेट गर्न पाइनेछ ।
यस्तै, प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, कलेज र विश्वविद्यालय भोलिदेखि नै अनलाइनका माध्यमबाट संचालन हुने छ। तर नर्सरीहरु भने खुला रहनेछन् ।

बेलायतमा यो तेस्रो राष्ट्रव्यापी लकडाउन हो । यो लकडाउन फेब्रअरीको मध्यसम्म रहने बताइएको छ । उता स्कटल्याण्डमा पनि आज मध्यरातबाट नै लकडाउन लागू गरिएको छ । वेल्समा पनि जनवरी १८ सम्मका लागि सबै विद्यालयहरु अनलाइनमा संचालन हुने बताइएको छ ।

सरकारले ल्याएको नयाँ कानुनमाथि छलफल र मतदानका लागि बुधबार भर्चुअलरुपमा बेलायतको संसद बोलाइएको छ । बेलायतमा बितेको २४ घण्टामा मात्र करिब ५९ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...