News Portal

ओलीको राजनीतिक जीवन समाप्त भयो : योगेश भट्टराई

हिमालीसंचार संवाददाता
४०५ पटक

अविन माबो/झापा  – प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले शनिवार झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि आक्रामक बनेको प्रचण्ड-नेपाल समूह अहिले सडक संघर्ष  गरिरहेको छ।

विरोध सभामा बोल्दै पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नभएको बताए। उनले दुई जना पाइलट रहेको ठुलो जेट विमानलाई एक जना चालकले दुर्घटना गराएको बताए।

भट्टराईले ओलीका कार्यकर्तालाई ओलीलाई धेरै नउकास्न आग्रह गरे। उनले भने, ‘अब ओलीको राजनीतिक जीवन समाप्त भयो। ओलीलाई अब आराम गर्न तपाईँ कार्यकर्ताले सुझाव दिनुहोस्।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभा सदस्य धर्मशीला चापागाईँले अहिलेको संविधान सहिदहरूको बलिदानको उपज भएको बताइन्।

प्रधानमन्त्री केपी ओलीलाई संविधान कुल्चिने कुनै अधिकार उनले बताइन्। विरोधसभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध चर्का नाराबाजी गर्दै प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...