News Portal

कोशीटप्पुमा चरा गणना सुरु, पाँच दिनसम्म गणना जारी रहने

हिमालीसंचार संवाददाता
४४५ पटक

सुनसरी – सुनसरीको कोशी नदी र कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासका सिमसार क्षेत्रमा शनिवार देखि चरा गणना सुरु गर्ने भएको छ। शनिवार पहिलो दिन कोशी वर्ड सोसाइटीको आयोजनामा सुरु भएको सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चरा गणना सुनसरीको चतरा पुलबाट सुरु भएको छ ।

चतरा पुलबाट सुरु भएको चरा गणनाको पहिलो दिनको कार्यक्रम प्रकाशपुरमा पुगेर टुङ्गिएको छ । यो क्रममा चखेवाको संख्या अलि बढी देखिएको भए पनि विगतको वर्षको तुलनामा यो वर्ष कम देखिएको चरा गणनामा संलग्न कोशी वर्ड सोसाइटीका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार चरा विज्ञ अनीश तिम्सिनाले बताए ।

यस पटक कोशी र कोशीटप्पुका लागि नयाँ रेकर्ड भएको चरा विन गुज पहेलो ठुँडे कलह हास शनिवार पनि एउटा देखिएको तिम्सिनाले बताए। सुनसरीको चतरा पुलदेखि प्रकाशपुर सम्म पुग्दा बार हेडेड वुज खोया हासहरू ६० भन्दा बढी भेटिएको थियो । तर विगतका वर्षहरूको तुलनामा यस पटक सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चरा कमै मात्र देखिएका छन् ।

कोशी वर्ड सोसाइटीको आयोजनामा सुरु भएको सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराहरूको गणना भोलि दोस्रो दिन प्रकाशपुरबाट कोशी ब्यारेज सम्म गरिने बताइएको छ । चरा गणनामा कोशी टप्पु वन्य जन्तु आरक्ष, कोशी वर्ड वाचिङ क्याम्प,शत्रुभन्जाङ गुल्म,केटिके वेल्ड, बराहक्षेत्र नगरपालिका र हिमालय नेचरको सहकार्य रहेको छ ।

सोमबार उदयपुरको भागलपुर, सप्तरीको कमल दह, सुनसरीको बर्जू लगायत पूर्वका सिमसार क्षेत्रमा चरा गणना गरिने बताइएको छ । चरा गणनामा चराविज्ञहरु सञ्जीव आचार्य, अनीश तिम्सिना, लोकेन्द्र बुढाथोकी, प्रेम थुलुङ, सुवास भुजेल, विमल तिम्सिना लगायतको टोली संलग्न रहेको छ ।

चरा गणना सम्पन्न भएपछि सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको बारेमा तथ्याङ्क निकालिने छ । त्यो तथ्याङ्क अनुसार चराको अवस्थाको बारेमा थाहा हुनेछ। सिमसार क्षेत्र र हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँ सराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जल पन्छीको गणना देशैभर सुरु भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण सङ्घ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रूपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ ।

नेपालमा पुस १८ देखि माघ ५ गते जनवरी २ देखि १८ सम्म हुने जल पन्छी गणनामा यस क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवी लगायत गरी ३०० भन्दा बढी जनशक्ति संलग्न रहेको बताइएको छ । कोशी टप्पुमा भने पाँच दिन गणना हुने बताईएको छ ।

यस वर्ष कोभिड-१९ को सङ्क्रमणका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गर्न आयोजक संस्थाले आग्रह गरेका छन् । सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जल पन्छी भनिन्छ । नेपालमा १०० भन्दा बढी प्रजातिका जल पन्छी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ ।

मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, ताल तलैया र नदीमा गरिने जल पन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुनेछ । सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जल पन्छीका प्रजाति, तिनको संख्या, सङ्कट र वासस्थानमा देखिएका समस्या जस्ता जानकारीको अभिलेख राख्ने गरिन्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...