News Portal

  • कोशीटप्पुमा चरा गणना सुरु, पाँच दिनसम्म गणना जारी रहने

    हिमालीसंचार संवाददाता
    ३५१ पटक

    सुनसरी – सुनसरीको कोशी नदी र कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासका सिमसार क्षेत्रमा शनिवार देखि चरा गणना सुरु गर्ने भएको छ। शनिवार पहिलो दिन कोशी वर्ड सोसाइटीको आयोजनामा सुरु भएको सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चरा गणना सुनसरीको चतरा पुलबाट सुरु भएको छ ।

    चतरा पुलबाट सुरु भएको चरा गणनाको पहिलो दिनको कार्यक्रम प्रकाशपुरमा पुगेर टुङ्गिएको छ । यो क्रममा चखेवाको संख्या अलि बढी देखिएको भए पनि विगतको वर्षको तुलनामा यो वर्ष कम देखिएको चरा गणनामा संलग्न कोशी वर्ड सोसाइटीका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार चरा विज्ञ अनीश तिम्सिनाले बताए ।

    यस पटक कोशी र कोशीटप्पुका लागि नयाँ रेकर्ड भएको चरा विन गुज पहेलो ठुँडे कलह हास शनिवार पनि एउटा देखिएको तिम्सिनाले बताए। सुनसरीको चतरा पुलदेखि प्रकाशपुर सम्म पुग्दा बार हेडेड वुज खोया हासहरू ६० भन्दा बढी भेटिएको थियो । तर विगतका वर्षहरूको तुलनामा यस पटक सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चरा कमै मात्र देखिएका छन् ।

    कोशी वर्ड सोसाइटीको आयोजनामा सुरु भएको सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराहरूको गणना भोलि दोस्रो दिन प्रकाशपुरबाट कोशी ब्यारेज सम्म गरिने बताइएको छ । चरा गणनामा कोशी टप्पु वन्य जन्तु आरक्ष, कोशी वर्ड वाचिङ क्याम्प,शत्रुभन्जाङ गुल्म,केटिके वेल्ड, बराहक्षेत्र नगरपालिका र हिमालय नेचरको सहकार्य रहेको छ ।

    सोमबार उदयपुरको भागलपुर, सप्तरीको कमल दह, सुनसरीको बर्जू लगायत पूर्वका सिमसार क्षेत्रमा चरा गणना गरिने बताइएको छ । चरा गणनामा चराविज्ञहरु सञ्जीव आचार्य, अनीश तिम्सिना, लोकेन्द्र बुढाथोकी, प्रेम थुलुङ, सुवास भुजेल, विमल तिम्सिना लगायतको टोली संलग्न रहेको छ ।

    चरा गणना सम्पन्न भएपछि सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको बारेमा तथ्याङ्क निकालिने छ । त्यो तथ्याङ्क अनुसार चराको अवस्थाको बारेमा थाहा हुनेछ। सिमसार क्षेत्र र हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँ सराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जल पन्छीको गणना देशैभर सुरु भएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण सङ्घ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रूपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ ।

    नेपालमा पुस १८ देखि माघ ५ गते जनवरी २ देखि १८ सम्म हुने जल पन्छी गणनामा यस क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवी लगायत गरी ३०० भन्दा बढी जनशक्ति संलग्न रहेको बताइएको छ । कोशी टप्पुमा भने पाँच दिन गणना हुने बताईएको छ ।

    यस वर्ष कोभिड-१९ को सङ्क्रमणका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गर्न आयोजक संस्थाले आग्रह गरेका छन् । सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जल पन्छी भनिन्छ । नेपालमा १०० भन्दा बढी प्रजातिका जल पन्छी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ ।

    मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, ताल तलैया र नदीमा गरिने जल पन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुनेछ । सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जल पन्छीका प्रजाति, तिनको संख्या, सङ्कट र वासस्थानमा देखिएका समस्या जस्ता जानकारीको अभिलेख राख्ने गरिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...

    काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

    काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं...