News Portal

शिक्षकको परीक्षामा घुस लिएको पोल खुलेपछि प्रधानाध्यापक र वडाध्यक्ष प्रहरी नियन्त्रणमा

हिमालीसंचार संवाददाता
५५६ पटक

दैलेख – शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा दैलेखको पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापती र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

परीक्षामा घुस लिएको परीक्षार्थीहरूबाटै खुलेपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखले शनिबार सदरमुकाममा सञ्चालन गरेका ४ वटा विद्यालयका शिक्षक छनोटको लिखित परीक्षामध्ये दीप माविमा मावि तहको अंग्रेजी विषयको एक जना राहत शिक्षकको परीक्षामा वडाध्यक्ष आले मगर र प्रधानाध्यापक सिजापतिलाई घुस लिएको आरोप लागेको हो।

पीपलकोटको मावि राहत शिक्षक पदमा प्रतिस्पर्धी ४ जना मध्ये १ जना उत्तीर्ण भएका थिए। शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले दीप माविको परीक्षामा घुस प्रकरणमा मुछिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएको तर, इकाई कार्यालयको कुनै संलग्नता नरहेको र सबै परीक्षाहरूमा शिक्षक सेवा आयोगको मापदण्ड पालना गरिएको बताए।

घुस प्रकरणमा प्रधानाध्यापक सिजापती र वडाध्यक्ष आले मगरसँगै तेश्रो व्यक्तिकोसमेत संलग्नता देखिएकोले आरोपितको खोजी र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...