News Portal

शिक्षकको परीक्षामा घुस लिएको पोल खुलेपछि प्रधानाध्यापक र वडाध्यक्ष प्रहरी नियन्त्रणमा

हिमालीसंचार संवाददाता
५१८ पटक

दैलेख – शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा दैलेखको पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापती र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

परीक्षामा घुस लिएको परीक्षार्थीहरूबाटै खुलेपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखले शनिबार सदरमुकाममा सञ्चालन गरेका ४ वटा विद्यालयका शिक्षक छनोटको लिखित परीक्षामध्ये दीप माविमा मावि तहको अंग्रेजी विषयको एक जना राहत शिक्षकको परीक्षामा वडाध्यक्ष आले मगर र प्रधानाध्यापक सिजापतिलाई घुस लिएको आरोप लागेको हो।

पीपलकोटको मावि राहत शिक्षक पदमा प्रतिस्पर्धी ४ जना मध्ये १ जना उत्तीर्ण भएका थिए। शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले दीप माविको परीक्षामा घुस प्रकरणमा मुछिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएको तर, इकाई कार्यालयको कुनै संलग्नता नरहेको र सबै परीक्षाहरूमा शिक्षक सेवा आयोगको मापदण्ड पालना गरिएको बताए।

घुस प्रकरणमा प्रधानाध्यापक सिजापती र वडाध्यक्ष आले मगरसँगै तेश्रो व्यक्तिकोसमेत संलग्नता देखिएकोले आरोपितको खोजी र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...