News Portal

चीनले निर्माण गरेको कोरोना विरु’द्धको खोपले स्वीकृति पायो

हिमालीसंचार संवाददाता
४६५ पटक

ऐजेन्सी – चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्ने अनुमति बिहीबार पाएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा समेत प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो ।

बिहीबारदेखि सो खेप प्रयोग गर्न सर्वसाधारणका लागि सशर्त स्वीकृति दिएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो खोपले स्वीकृति पाएपछि अब चिनियाँहरुले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन् । 

चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो । उक्त कम्पनीद्धारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको थियो । सो परीक्षण पछि पछिल्लो पटक आएको यसको प्रभावकारिताको परिणाममा यस खोपको ७९.३४ प्रतिशत सम्म काम गर्ने भनेर यसको प्रभावकारिता देखिएको थियो ।

त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो । बिहीबारबाट सो खोप चीनमा सार्वजनिक रुपमा प्रयोगमा ल्याइने बताइएको छ ।उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभाकारी देखिएको जनाएपछि त्यसको भोलिपल्ट नै अर्थात् बिहीबार मात्र चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् ।

चीनमा अरु पनि केही खोपहरु परीक्षणमा रहेका बताइएको छ । अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोगमा ल्याउने भन्दै यसको तयारी गरिराखिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारहिरुले बताएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चिनियाँ शहर वुहानबाट कोरोनाभाइरसको महामारी सुरु भएको थियो । क्रमिक रूपमा विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न कुनै औषधी र खोप पनि बनेका थिएनन् । जसका कारण विश्वका कैयौं देशहरुले पनि कडा खालका प्रतिबन्धहरु लागू गर्दै संक्रमणको दर घटाउने प्रयास मात्र गरेका थिए । सोही माध्यमबाट संक्रमणको दरलाई निकै कम राख्न चीन भने सफल भएको छ ।

बिहीवार चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो । चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यसरी वितरण गरेका ती खोपहरुमा चीनले त्यहाँ हालसम्म करिब ४५ लाख भन्दा बढी मात्रा खोपहरु वितरण गरिसकेको जनाएको छ ।

यी सार्वजनिक रुपका वितरण समेत गरेर चीनले फेब्रुअरी महिनामा पर्ने चिनियाँ नयाँ बर्षको मध्यसम्ममा यहाँका करोडौँ सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाउने अपेक्षा गरिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।रासस एजेन्सी,बेइजिङ 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...