News Portal

मन्त्री प्रभु साह सवार गाडीले एक युवकलाई ठक्कर दिएर फरार

हिमालीसंचार संवाददाता
५४२ पटक

सर्लाही – शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक युवकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको छ। आफैँ सवार गाडीले पैदल हिडिरहेका सर्वसाधारणलाई ठक्कर दिएपनि उद्धार नगरि हुइँक्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको प्रहरीको भनाइ छ। घाइते युवक लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ रहेको प्रहरीले जनाएको छ।

मन्त्री साहको गाडी जलेश्वर जाँदै गर्दा मध्यान्न तामाङलाई ठक्कर दिएको हो। तामाङलाई बाटो काट्दै गर्दा ठक्कर दिएको प्रहरीको भनाइ छ। घाइते तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनको हाल हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको बताइएको छ। प्रहरीको अनुसार ठक्कर दिएको मन्त्रीको गाडी भएको पुष्टि भएको छ। यद्यपि गाडी कहाँ छ भन्नेबारे पत्तो लगाउन नसकिएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...