News Portal

वनका कर्मचारीकै मिलोमतोमा दाङमा खुलेआम काठ तस्करी

हिमालीसंचार संवाददाता
४२० पटक

सुरेश श्रेष्ठ/दाङ – दाङमा वन कर्मचारीहरुकै मिलोमतोमा खुलेआम काठ तस्करी भइरहेको छ। सरकारी निकाय र सुरक्षाकर्मीकै मिलमतोमा तस्करी भएको भन्दै स्थानीयले दोषिलाई कारवाहीको माग गरेका छन्।

स्थानीयले दङ्गीशरण सव डिभिजन वन कार्यालय श्रीगाउका कार्यालय प्रमुख वन अधिकृत दयाराम पौडेलको आदेशमा रुख काटिएको दावी गरेका छन। विभिन्न २३ प्रजातिका बाहेक रुख काट्न वन कार्यालयले टाँचा लगाउनुपर्ने र छपान गर्नुपर्ने नियम छ।

तर अधेरेको जंगलमा त्यसकोसमेत पालना भएको छैन। नियम विपरित रुख काटिएको विषयमा वन अधिकृत दयाराम पौडेलले भने अनभिज्ञता प्रकट गरेका छन्।

वन कार्यालयको ३ किलोमिटरको दूरीमा धमाधम रुख कटान हुँदा पनि कार्यालयले देखेनदेखेझैं गरेको भन्दै स्थानीय आक्रोशित भएका छन। वन कार्यालयका कर्मचारीले नै आर्थिक प्रलोभन देखाएर रुख काटेको उनीहरुको दावी छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...