News Portal

यस्तो घडी बनाउन पाँउ..!

डा. सुमाया राई
६४३ पटक

यस्तो घडी बनाउन पाँउ
मनपरी चलाउन पाँउ
कहिले अगाडी डोर्याउन पाँउ
कहिले पछाडी धकेल्न पाँउ
आफुखुशी हाँस्न पाँउ
आफुखुशी रून पाँउ

लिनेलाई भोलीमात्रै देखाउन पाँउ
दिनेलाई आजैको महिमा सुनाउँ
लिना दिना बराबर गर्न सकिने
विशेष फर्मुला जन्माउन पाँउ

उदासीनभित्र उत्साह भर्न पाँउ
उन्मादीलाई सतहमा ल्याउन पाँउ
असमानताको भंगालो भर्न सकियोस
ठालुहरूमा संदेश पुर्याउन पाँउ

यस्तो घडी बनाउन पाँउ
मनपरी चलाउन पाँउ
कहिले अगाडी डोर्याउन पाँउ
कहिले पछाडी धकेल्न पाँउ
आफुखुशी हाँस्न पाँउ
आफुखुशी रून पाँउ..!’

 

डा. सुमाया राई
हाल, बेलायत

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...