News Portal

अभावले छोएको छ चुनावले होइन !

हिमालीसंचार संवाददाता
२९५ पटक

बारा – सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ। ‘धानमा पनि मल हाल्न पाएनौं,’ उनले भने, ‘अहिले गहुँमा उस्तै समस्या भोग्दै छौं।’ सरकारले पर्याप्त मल ल्याउन नसकेपछि सीमावर्ती सहरबाट आफैं मल ल्याउँदा पनि समस्या भोगेको उनले सुनाए।

‘कृषिप्रधान देशको सरकार किसानसँग पैसा लिएर मलसमेत बेच्न सक्दैन,’ उनले भने, ‘अब सकारबाट अरू के आस गर्ने, ग्रामीण भेगका किसानलाई भोट हाल्ने विषयले होइन, बालीमा मल कसरी हाल्ने भन्ने चिन्ताले छोएको छ। गरिब बस्तीका मुसहरलाई चुनावले होइन, पुसको चिसोले छोएको छ।

उनको जस्तै भोगाइ छ, पर्सा परसवाका तुला माझीको पनि। १५ वर्ष पुरानो बूढो सिरक फाटेकाले उनलाई चुनावले होइन, चिसोले छोएको छ। ‘जाडोबाट बाँच्ने–मर्ने ठेगान छैन,’ घरअगाडि घुर ९वरिपरि जम्मा भएर आगो ताप्ने० ताप्दै गरेका माझीले भने, ‘भोट हाल्नेभन्दा पनि जाडोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ।’

नागेन्द्र र तुलाको मात्र होइन, मध्य तराईका सर्वसाधारणको साझा समस्या यस्तै हो। बाक्लो कुहिरोमा परालको आगो ताप्दै जिउ तताउने यहाँका सर्वसाधारणलाई न त संसद् भंग भएको पीडा छ न त चुनावमा भोट हाल्ने उत्साह नै। पटकपटक भोट हालेर पनि दिनप्रतिदिन आफैंसँग पराजित हुँदै छन्।

पहिला पहिलाको चुनावताका यहाँका घुरमा राजनीतिक चर्चा बाक्लै हुने गथ्र्यो। कुन पार्टीले राम्रो गर्ला ? कसले विकास गर्ला ? भन्ने चर्चा हुन्थ्यो। तर अहिले घुरमा समस्या र अभावका कुरा सुनिन्छन्। ‘ठूला भनेका सरकारबाट जनताका ससाना समस्या पनि समाधान हुन सकेन,’ अम्रुल्ला अन्सारी भन्छन्, ‘त्यसैले उनीहरू राजनीतिबाट निराश छन्।’

फरक समयमा फरकफरक पार्टीलाई भोट हालेका उनीहरूले सबै दलमा साझा समस्या देखेको बताउँछन्। ‘भोट माग्न गाउँ आउने, जितेपछि हराउने’ चलनबाट उनीहरू आजित छन्। यहाँका जनताले सूर्य, रूख, हँसियाहथौडा, हलो सबैतिर भोट हाले,’ वीरगन्ज–३१ का दीपक श्रेष्ठले भने, ‘न जाडोमा न्यानो पाएँ न त गर्मीमा शीतलता नै महसुर गरें।’ गरिबीको अभावमा रहेका किसानले हँसियाले समस्या छिमोल्न नसकेको अनि भूमिहीन किसानले जमिन जोत्न नपाएको उनी सुनाउँछन्।

तराईवादी पार्टीबाट जीवनमा केही परिवर्तन हुने आशा गरेका उनीहरूको विश्वास पनि हराउँदै गएको उनको बुभाइ छ। ‘सरकार जनताको मन जित्नेभन्दा पनि चुनाव जित्ने दाउमा मात्र छ,’ श्रेष्ठले भने, ‘चुनावमा जुन दललाई जिताए पनि जनता आफैं भने सधैं पराजित छन्।’

यहाँका सर्वसाधारणले धेरै सरकार देखे तर जीवनमा खासै परिवर्तन आउन नसकेको सामाजिक अगुवा नागेश्वर जैसवाल बताउँछन्। ग्रामीण भेगका सर्वसाधारणले पटकपटक भोट हाले पनि उनीहरूको हालत नसुध्रिएको उनको बुझाइ छ।

‘यहाँका जनतालाई चुनावले होइन, सदियौंदेखि अभावले छोएको छ,’ उनले भने, ‘पटकपटकको धोकापछि उनीहरू निराश हुन थालेका छन्।’ सरकारी कार्यालयमा हुने ढिलासुस्ती, भिडभाड र घुस लिने चलनबाट उनीहरू झनै आजित छन्। यो समाचार आजको नागरिकदैनिकमा छ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...