News Portal

  • किरात राई यायोक्खा मकाउको दोस्रो अधिवेशन सम्पन्न (फोटो फिचर)

    हिमालीसंचार संवाददाता
    ८१८ पटक

    मकाउ  किरात राई यायोक्खा मकाउले उधौली साकेला चाड भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संध, अन्तराष्ट्रीय समन्वय परिषद् सदस्य शान्ति देवि अधिकारी, एनआरएन मकाउका अध्यक्ष विशेष अतिथि पूर्ण बहादुर गुरुङ, मकाउका विभिन्न पाँच जातिय संस्थाका प्रमुख र प्रतिनिधिहरुको विशेष उपस्थित रहेको कार्यक्रमवीच किरात राई यायोक्खा मकाउको दोस्रो अधिवेशन समेत सम्पन्न गरेको छ। 

    किराया मकाउका अधिवेशनबाट नयाँ कार्य समितिको चयन समेत गरेको छ। नयाँ कार्यसमितिमा अध्यक्ष राकेश राई, बरिष्ट उपाध्यक्ष मंगल राई, उपाध्यक्ष मोनिका राई, उपाध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष केशव राई, कोषाध्यक्ष सर्मिला राई, महासचिव सन्जिब राई, सचिव भूपाल सिंह राई, सचिव प्रज्वल राई, महिला सदस्य सुशीला राई, सदस्य भिम राई, सदस्य ऐस्वर्य कुमार राई र सदस्य अनिल कुमार राई गरी १३ सदस्य मुलकार्य समिति चयन गरेको हो। 

    कोरोना भाइसरका कारण हिमालयन हाउस ताइपा स्थित एक नेपाली रेष्टुरेन्टमा आयोजित कार्यक्रम सम्पन्न भएको थियो। आयोजित कार्यक्रममा किरातीहरुको उधौली साकेला चाडको अबसरमा विधि पूर्वक साकेला नाचेर उधौली साकेला मनाएका थिए। 

    आयोजित कार्यक्रममा मकाउबाट नेपाल फर्कनु हुने आफ्ना सदस्यहरुलाई मायाको चिनो, संस्थाका लागि विशेष योगदान दिनु हुने सदस्यहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी विशेष सम्मान साथै किरातीहरुको उच्च सम्मान शिर उभ्यानी शिरमा फेटा गुथाएर सम्मान समेत व्याक्त गरिएको थियो। 

    नव निर्वाचित अध्यक्ष राकेश राईका अनुसार आगामी जनवरी ४ तारिक सोमवार संस्थाको पहिलो बैठक बस्ने जानकारी समेत हिमालीसंचारसंगको कुराकानीमा जानकारी दिएका छन्। आयोजित कार्यक्रम कृष्ण शेम्पा याम्फु राईले संचालन गरेका थिए।

    थप तस्बीरहरु:

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...