News Portal

किरात राई यायोक्खा मकाउको दोस्रो अधिवेशन सम्पन्न (फोटो फिचर)

हिमालीसंचार संवाददाता
९८८ पटक

मकाउ  किरात राई यायोक्खा मकाउले उधौली साकेला चाड भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संध, अन्तराष्ट्रीय समन्वय परिषद् सदस्य शान्ति देवि अधिकारी, एनआरएन मकाउका अध्यक्ष विशेष अतिथि पूर्ण बहादुर गुरुङ, मकाउका विभिन्न पाँच जातिय संस्थाका प्रमुख र प्रतिनिधिहरुको विशेष उपस्थित रहेको कार्यक्रमवीच किरात राई यायोक्खा मकाउको दोस्रो अधिवेशन समेत सम्पन्न गरेको छ। 

किराया मकाउका अधिवेशनबाट नयाँ कार्य समितिको चयन समेत गरेको छ। नयाँ कार्यसमितिमा अध्यक्ष राकेश राई, बरिष्ट उपाध्यक्ष मंगल राई, उपाध्यक्ष मोनिका राई, उपाध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष केशव राई, कोषाध्यक्ष सर्मिला राई, महासचिव सन्जिब राई, सचिव भूपाल सिंह राई, सचिव प्रज्वल राई, महिला सदस्य सुशीला राई, सदस्य भिम राई, सदस्य ऐस्वर्य कुमार राई र सदस्य अनिल कुमार राई गरी १३ सदस्य मुलकार्य समिति चयन गरेको हो। 

कोरोना भाइसरका कारण हिमालयन हाउस ताइपा स्थित एक नेपाली रेष्टुरेन्टमा आयोजित कार्यक्रम सम्पन्न भएको थियो। आयोजित कार्यक्रममा किरातीहरुको उधौली साकेला चाडको अबसरमा विधि पूर्वक साकेला नाचेर उधौली साकेला मनाएका थिए। 

आयोजित कार्यक्रममा मकाउबाट नेपाल फर्कनु हुने आफ्ना सदस्यहरुलाई मायाको चिनो, संस्थाका लागि विशेष योगदान दिनु हुने सदस्यहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी विशेष सम्मान साथै किरातीहरुको उच्च सम्मान शिर उभ्यानी शिरमा फेटा गुथाएर सम्मान समेत व्याक्त गरिएको थियो। 

नव निर्वाचित अध्यक्ष राकेश राईका अनुसार आगामी जनवरी ४ तारिक सोमवार संस्थाको पहिलो बैठक बस्ने जानकारी समेत हिमालीसंचारसंगको कुराकानीमा जानकारी दिएका छन्। आयोजित कार्यक्रम कृष्ण शेम्पा याम्फु राईले संचालन गरेका थिए।

थप तस्बीरहरु:

 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...