News Portal

  • निर्मला प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

    हिमालीसंचार संवाददाता
    ३७४ पटक

    काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो खुलेको छ। जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो।

    बुधबार बसेको मन्त्रिपरिषद बैठकले विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। अदालतले सफाइ दिएपछि गृहमन्त्रालयले विष्टको पुनर्वहालीका लागि मन्त्रिपरिषदमा लेखी पठाएको थियो। फैसलासँगै विष्टले पुनर्बहालीका लागि प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए। प्रधान कार्यालयले उनको निवेदन गृहमन्त्रालयमा पठाएको थियो।

    फौजदारी न्याय प्रणालीमा सफाइ पाउनु कसुर स्थापित नभएको ठानिने हुनाले स्वत: न्यायका लागि अपिल गर्न सकिन्छ। विष्टसहित मुद्दा खेप्ने प्रहरीहरूमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद थिए।

    अन्य निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो। भट्टलाई पनि पुनर्वहाली गर्न मन्त्रिपरिषदले निर्णय गरेको ती मन्त्रीले बताए। विष्ट र भट्टलाई २०७५ भदौ ३१ गते निलम्बन गरिएको थियो। त्यसको एक महिनापछि असोज २९ गते प्रधान कार्यालयले विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमा चिठी लेखेको थियो।

    सोही चिठीका आधारमा गृहले २०७५ कात्तिक ८ गते विष्ट र भट्टलाई बर्खास्त गरेको थियो। २०७५ साउन ११ गते बिहान पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका-१८ को उखुबारीमा फेला परेको थियो। उक्त बलात्कार-हत्याका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैनन्।

    प्रहरीले उक्त घटनामा गम्भीर लापरबाही गरेको, प्रमाण नष्ट गरेको र यातना दिएको तथा त्यसबेला विष्ट र भट्ट कञ्चनपुरमा कार्यरत् रहँदा सो लापरबाही भएको भन्दै उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हाम्रो पात्रोले सुरु गर्‍यो दर्ता प्रक्रिया, मेटालाई पठाइयो आवश्यक विवरण

    काठमाडौं, भदौ १९ – नेपालमा दर्ता नभएका कारण सरकारले निष्क्रिय सूचीमा राखेका एप्समध्ये ‘हाम्रो पात्रो’...

    फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं, १९ भदौ – सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध...

    शान्त छिमेकका लागि प्रहरीको सिफारिस: सिट्ठी र फ्लस गर्दा आवाज कम गर्नुहोस्

    काठमाडौँ, भदौ १९ – काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले आम नागरिकसँग विशेष अनुरोध...

    नेपाली र भूटानी नागरिकका लागि भारत प्रवेशमा सहजता

    काठमाडौं, भदौ १९ – भारत सरकारले २ सेप्टेम्बर २०८२ देखि लागू गरेको नयाँ इमिग्रेसन नियमअनुसार...

    रामहरि खतिवडालाई कांग्रेसको सभापति प्रस्ताव

    काठमाडौं, भदौ १९ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय...