News Portal

  • दुई दर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुःख्दैन ?’ – कमल थापा

    हिमालीसंचार संवाददाता
    ३६० पटक

    काठमाडौ – राप्रपा अध्यक्ष कमल थापाले विस २००७ सालमा दुई दर्जन क्रिश्चियन अहिले आएर ४० लाख क्रिश्चियन भएको भन्दै नेपाली जनतालाई के तपाईँलाई मन दुख्दैन भनेर प्रश्न गरेका छन् ।

    अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन। सबै धर्म प्रति मेरो सम्मान छ। तर, विसं २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनाबद्ध र संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ। हाम्रो गौरवशाली सनातन धर्म र सभ्यता माथीको यो आक्रमणले असह्य पिडा हुन्छ। के तपाईको मन दुःख्दैन?’ 

    अध्यक्ष थापाले धर्म बचाउन आग्रह गर्दै थप भनेका छन्, ‘धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन्। पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन्। यिनले बिदेशीले दिने डलरसंग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन्। सनातन धर्म संस्कृतिको रक्षा गरौं ।’ भनेर थापाले सामाजिक संजालमा ट्वीट गरेका हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...