News Portal

साकेला साहित्य महोत्सव कविता प्रतियोगितामा बिमन किराती भए प्रथम

हिमालीसंचार संवाददाता
४३५ पटक

काठमाडौँ – उधौली साकेलाको अवसरमा आयोजित “साकेला साहित्य महोत्सव” कविता प्रतियोगितामा हाल जापानमा रहेका कवि बिमन किराती प्रथम भएका छन्। किरात राई लेखक संघले अनलाइनमार्फत् महोत्सवको आयोजना गरेको हो।

त्यसैगरी सिन्धुपाल्चोकका कवि सबु किरण दोस्रो, दक्षिण कोरियामा रहेका शकुन आाशु तेस्रो भएका छन्। त्यस्तै खोटाङका प्रयास दुमी राई, सोलुखुम्बुका देव समीप र मोरङका योङहाङ प्रदिप लिम्बुले सान्त्वना पुरस्कार पाएका छन्।

विजयी कविहरूलाई क्रमश: २० हजार, १५ हजार, १० हजार र ५/५ हजार रुपैया तथा चादीको मेडल, पुस्तक उपहार, प्रमाणपत्र प्रदान गरिने संघका उपाध्यक्ष बलिराज खम्बुले जनाएका छन्।

दुई दिने महेत्सवमा कवि भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’, राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारहरूको भूमिका’, भोगीराज चाम्लिङले ‘साकेलाको गरिमा’ र प्रकाश राईले ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयबारे चर्चा गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...