News Portal

  • कर्णाली नदीमा ड्रमको सहारामा जीप तारेर पालिका पुर्याइयो

    हिमालीसंचार संवाददाता
    ३६० पटक

    बाजुरा – जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ। दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो।

    उहाँका अनुसार गाउँपालिकाका तीन वडामा सडक पुगेकाले यातायातका साधन नहुँदा हिँडेर नै सेवा लिन आउने नागरिकलाई सहजताका लागि यातायात सञ्चालन गर्ने गरी जीपलाई ड्रममा राखी चढाएर नदीमा तारिएको हो। स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा समेत गाउँपालिकामा हालसम्म सवारी साधन पुग्न सकेको छैन।

    कर्णाली पारिको एक मात्र गाउँपालिकामा हालसम्म यातायात पुग्न नसकेको र त्यहाँका जनताले निकै सास्ती भोगेको समस्यालाई मध्यनजर गरी कर्णाली नदीमा ड्रमहरूमा जीपलाई चढाएर पारि तारिएको हो।

    “नदीमा जीप तार्न सहज नभए पनि जोखिम मोलेर तारियो”, अध्यक्ष शाही भन्नुभयो, “सुईजिउला कर्णाली नदीमा फेरी निर्माण गर्ने गरी डिपिआर तयार भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सकिएको छैन, केही उपाय नलाग्दा ठूला ड्रमहरुमा बाँधेर जीप पारि लगिएको हो।”

    गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा सडक सञ्जालले जोडिएको छ। साविकको वाई र जुकोट गाविसमा सडक निर्माण भइसकेको र साविकको साप्पाटा गाविस जाने सडक निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।

    शनिबार सु.प.प्र. ००१ च. २९४६ नम्बरको जीपलाई स्थानीयवासीले स्वागत गरेका थिए। स्वामीकार्तिक गाउँपालिका पूर्वमा कालिकोट र मुगु जिल्ला, पश्चिममा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ।

    गाउँपालिकाको जनसङ्ख्या दुई हजार ४ सय ४२ घरधुरीमा १४ हजार ९ सय ९ रहेको छ। गाउँपालिका साविकको साप्पाटा बस्ती लौठी, उपरगाउँदेखि साविकको वाई गाविसको मिगु अति दुर्गमका बस्ती हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...