News Portal

बराहक्षेत्र नगरपालिका जब्दी स्थित माटोको ढिस्कोले पुरिएर एक युवाको मृत्यु

हिमालीसंचार संवाददाता
५३८ पटक

धरान – बराहक्षेत्र नगरपालिका जब्दी-२, स्थित माटोको ढिस्कोमा पुरुएर आज एक जना युवाको मृत्यु भएको छ।

सुनसरी-मोरङ सिँचाइ आयोजना क्षेत्रबाट माटो निकाल्ने क्रममा १९ वर्षीय आशिष सदा ढिस्कोमा पुरीएर मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

मृतक बराहक्षेत्र-३ चिसापानीका सहनी सदाका छोरा हुन्। उनी को२त ६६४० नम्बरको ट्र्याक्टरका हेल्पर भएको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका प्रमुख पाण्डव राजवंशीले जानकारी दिए। ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...