News Portal

बराहक्षेत्र नगरपालिका जब्दी स्थित माटोको ढिस्कोले पुरिएर एक युवाको मृत्यु

हिमालीसंचार संवाददाता
५५८ पटक

धरान – बराहक्षेत्र नगरपालिका जब्दी-२, स्थित माटोको ढिस्कोमा पुरुएर आज एक जना युवाको मृत्यु भएको छ।

सुनसरी-मोरङ सिँचाइ आयोजना क्षेत्रबाट माटो निकाल्ने क्रममा १९ वर्षीय आशिष सदा ढिस्कोमा पुरीएर मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

मृतक बराहक्षेत्र-३ चिसापानीका सहनी सदाका छोरा हुन्। उनी को२त ६६४० नम्बरको ट्र्याक्टरका हेल्पर भएको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका प्रमुख पाण्डव राजवंशीले जानकारी दिए। ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...