News Portal

पत्नी घुमाउन सरकारी गाडी दुरुपयोग गर्दै पाल्पाका जनप्रतिनिधि

हिमाली संचार संवाददाता
९५९ पटक

पाल्पा – पाल्पा जिल्लामा सरकारी कार्यालयका सवारी साधनको दुरूपयोग बढेको छ । कम्युनिस्ट सरकारले सरकारी सम्पत्ति दुरुपयोग रोक्ने धेरैको अनुमान थियो । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले यतातिर ध्यान नदिएको स्थानीयको गुनासो छ ।

सरकारी कार्यालयका कर्मचारीले बिदाका दिनमा समेत सरकारी गाडी प्रयोग गरिरहेको खुलासा भएको हो । बिदाका दिन व्यक्तिगत काम, पारिवारिक जमघट, पत्नीलाई घुमाउन, साथी घुमाउन, मन्दिरमा लाग्ने मेला, क्लब र संघसंस्थाका कार्यक्रममा सहभागी हुन सरकारी गाडी प्रयोग गरेको भेटिएको छ ।

प्रहरीका अनुसार बिदाका दिनमा सरकारी अधिकारी र कर्मचारीले गाडी दुरूपयोग गरेको भेटिएको छ ।

उनीहरू पारिवारिक काममा हिँडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । राजमार्गमा जाँच गर्न बसेका प्रहरीका अनुसार कतिपय सरकारी कर्मचारीले साथी राखेर सरकारी साधनमा घुमाउन लगेको पनि भेटिएका छन् ।

व्यक्तिगत कामका लागि बिदाको दिन सरकारी गाडीमा हिँड्नेलाई तीन सातादेखि प्रहरीले रोक्ने अभियान थालेको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।

कालीगण्डकी गाउँपालिका गुल्मी, तानसेन नगरपालिका, माथागढी गाउँपालिका, तानसेन नगरपालिका १४, अर्गली वडा कार्यालयका सवारीसाधन दुरूपयोग गरेको भेटिएका थिए ।

गुल्मीका धुर्कोट गाउँपालिका, दरबार देवीस्थान गाउँपालिका र पाल्पाको रम्भा गाउँपालिकाका सरकारी नम्बर प्लेटका सवारीसाधन तानसेन र सिद्धार्थ राजमार्गमा शनिबारका दिन चलाएको अवस्थामा भेटिएका हुन् ।

सरकारी गाडी दुरूपयोग गर्ने सरकारी कार्यालयमा नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्र, जिल्ला समन्वय समिति पाल्पा, जिल्ला पशु सेवा कार्यालय, जिल्ला तथ्यांक कार्यालय, गुल्मी रहेका छन् । रिपब्लिकदैनिक

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...