News Portal

पत्नी घुमाउन सरकारी गाडी दुरुपयोग गर्दै पाल्पाका जनप्रतिनिधि

हिमाली संचार संवाददाता
८८९ पटक

पाल्पा – पाल्पा जिल्लामा सरकारी कार्यालयका सवारी साधनको दुरूपयोग बढेको छ । कम्युनिस्ट सरकारले सरकारी सम्पत्ति दुरुपयोग रोक्ने धेरैको अनुमान थियो । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले यतातिर ध्यान नदिएको स्थानीयको गुनासो छ ।

सरकारी कार्यालयका कर्मचारीले बिदाका दिनमा समेत सरकारी गाडी प्रयोग गरिरहेको खुलासा भएको हो । बिदाका दिन व्यक्तिगत काम, पारिवारिक जमघट, पत्नीलाई घुमाउन, साथी घुमाउन, मन्दिरमा लाग्ने मेला, क्लब र संघसंस्थाका कार्यक्रममा सहभागी हुन सरकारी गाडी प्रयोग गरेको भेटिएको छ ।

प्रहरीका अनुसार बिदाका दिनमा सरकारी अधिकारी र कर्मचारीले गाडी दुरूपयोग गरेको भेटिएको छ ।

उनीहरू पारिवारिक काममा हिँडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । राजमार्गमा जाँच गर्न बसेका प्रहरीका अनुसार कतिपय सरकारी कर्मचारीले साथी राखेर सरकारी साधनमा घुमाउन लगेको पनि भेटिएका छन् ।

व्यक्तिगत कामका लागि बिदाको दिन सरकारी गाडीमा हिँड्नेलाई तीन सातादेखि प्रहरीले रोक्ने अभियान थालेको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।

कालीगण्डकी गाउँपालिका गुल्मी, तानसेन नगरपालिका, माथागढी गाउँपालिका, तानसेन नगरपालिका १४, अर्गली वडा कार्यालयका सवारीसाधन दुरूपयोग गरेको भेटिएका थिए ।

गुल्मीका धुर्कोट गाउँपालिका, दरबार देवीस्थान गाउँपालिका र पाल्पाको रम्भा गाउँपालिकाका सरकारी नम्बर प्लेटका सवारीसाधन तानसेन र सिद्धार्थ राजमार्गमा शनिबारका दिन चलाएको अवस्थामा भेटिएका हुन् ।

सरकारी गाडी दुरूपयोग गर्ने सरकारी कार्यालयमा नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्र, जिल्ला समन्वय समिति पाल्पा, जिल्ला पशु सेवा कार्यालय, जिल्ला तथ्यांक कार्यालय, गुल्मी रहेका छन् । रिपब्लिकदैनिक

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...