आज : २०२६-०६-२४, बुधबार

रंगेली प्रहरीद्वारा दुई लाख रुपैयाँ बराबरको गाई, गोरु बरामद

रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालीका-४ स्थित   चिसाङ खोलाको बगरबाट अबैध रुपमा चोरी निकासी गरेर भारततर्फ गाई, गोरु लादै गरेको अवस्थामा रंगेली प्रहरीले पक्राउ गरेको छ ।

रंगेली प्रहरीले गस्तीका क्रममा प्रहरीले १६ ओटा गाई र  ४ ओटा गोरु पक्राउ गरेको हो । पक्राउ गरिएको गाई, गोरुको भेटनरी क्वारेटाइनको सिफारिस नभएको समेत बुझिएको छ । 

उक्त गाई, गोरु करिब २ लाख ८० हजार बराबरको रहेको प्रहरीले बताएको छ। गाई विराटनगर भन्सार कार्यालयमा बुझाएको रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।