News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेकपा विभाजन हुँदा कुन प्रदेशको कुन-कुन मुख्यमन्त्री कति जोखिममा?

    हिमालीसंचार संवाददाता
    ६०१ पटक

    काठमाण्डौ – सत्तारुढ नेकपा विभाजनको हलचल केन्द्र हुदै प्रदेश सरकारहरूमा पनि पर्ने भएको छ । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्री छन्, उनीहरूसँग स्पष्ट बहुमत रहेको छ ।

    नेकपाको पार्टी विभाजनले सबैभन्दा अप्ठ्यारोमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पर्दै छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपामा ६७ सांसद छन् । जसमध्ये अध्यक्ष प्रचण्ड र माधव नेपालको पक्षमा ४७ र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको पक्षमा अर्थात् मुख्यमन्त्री राईको पक्षमा २० सांसद मात्रै छन् । प्रमुख प्रतिपक्षी कांग्रेससहितका अन्य दलहरूसँग मिल्दासमेत राईले बहुमत पु¥याउन नसक्ने स्थिति रहेको छ । 

    नेकपाबाहेक प्रदेश सभामा कांग्रेसका २१, जनता समाजवादी दलका ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ सांसद रहेका छन् । मुख्यमन्त्री राईलाई बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छन् । 

    प्रधानमन्त्री ओलीनिकट बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद पनि धरापमा परेको छ । उनी उसै पनि नेकपाको संसदीय दलमा अल्पमतमै थिए । १ सय १० सदस्यीय प्रदेश सभामा नेकपाका ८० जना सांसद छन् । तीमध्ये प्रचण्ड–नेपालको पक्षमा ४६ जना र ओली पक्षका ३४ जना मात्रै रहेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्री पौडेललाई बहुमत जुटाउन २२ सांसद अपुग हुन्छन् । 

    पौडेलले कांग्रेसको साथ लिन सके भने बहुमत पु¥याउन सक्नेछन्  अबस्था रहेको भए पनी प्रदेश सभामा कांग्रेसका २२, विवेकशील साझा दलका ३ जना, राप्रपा र नेमकिपाका २/२ जना र १ जना स्वतन्त्र सांसद रहेका छन् । उता, मुख्यमन्त्री पौडेललाई हटाएर सरकारको नेतृत्व गर्न प्रचण्ड–नेपाल पक्षलाई पनि कांग्रेसकै आवश्यकता पर्नेछ । यो समूहलाई बहुमत पु¥याउन १० सांसद आवश्यक पर्छन् । नयाँ सरकार गठनका लागि निर्णायक रहेको कांग्रेसले पनि नेकपा विभाजनको फाइदा उठाउँदै सरकारको नेतृत्व पाउने सम्भावना पनि उत्तिकै छ ।

    त्यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि बहुमत गुमाउँदै छन् । तर, उनले कांग्रेस र साना दलहरूको समर्थन मात्रै जुटाउन सके पनि सरकार जोगाउन सक्छन् । ६० सदस्यीय प्रदेश सभामा नेकपाका ४० सदस्य छन् । तीमध्ये प्रचण्ड–नेपाल पक्षका १३ जना मात्रै छन्, २७ जना ओली पक्षका अर्थात् मुख्यमन्त्री गुरुङको पक्षका छन् । बहुमत कायम राख्न उनलाई ४ जना सांसदको आवश्यकता पर्छ । प्रदेश सभामा कांग्रेसका १५ जना, राष्ट्रिय जनमोर्चाका ३ जना र जसपाका २ जना सांसद रहेका छन् । साना दुई दलको साथ लिँदा मात्रै पनि मुख्यमन्त्री गुरुङको पक्षमा बहुमत पुग्छ । प्रचण्ड–नेपाल समूहले सरकार बनाउन भने कांग्रेस र अन्य दुई साना दलको पनि साथ लिनुपर्ने हुन्छ । 

    संघीय गृहमन्त्री रामबहादुर थापा बादलको समूहमा खुलेका तीन सांसद प्रदेश सभामा छन् । ओली समूहले उनीहरू आफ्नो पक्षमा रहेको दाबी गरेको छ । गृहमन्त्री बादलनिकटस्थ मानिने आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले तीनैजना प्रचण्ड–नेपाल समूहमा रहेको बताए । 

    नेकपा पार्टी विभाजनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि अल्पमतमा पर्दै छन् । सरकार जोगाउन उनलाई कांग्रेसको साथ चाहिने देखिन्छ । ८७ जना सदस्यीय प्रदेश सभामा नेकपाका ६१ जना सांसद छन् । प्रधानमन्त्री ओली अर्थात् मुख्यमन्त्री पोखरेलको पक्षका ३५ जना र अर्का अध्यक्ष प्रचण्ड र नेपाल पक्षका २६ जना सांसद छन् । त्यस्तै, कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र जनमोर्चाका १ जना सांसद रहेका छन् । 

    नेकपा पार्टी विभाजनले प्रदेश सभामा पर्ने असरको जोडघटाउ अहिलेदेखि नै सुरु भइसकेको छ । नेपाल पक्षका सांसद विष्णु पन्थीले मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्ने भएपछि आफ्नो खेमामा रहेका ४ जना  सांसदलाई मंगलबार ओली पक्षले केन्द्रीय सदस्यमा मनोनीत गरेको बताए । प्रदेश सभामा तत्कालीन एमालेले ४१ सिट जितेको थियो । जसमध्ये ओली पक्षका ३१ जना र नेपाल पक्षका १० जना सांसद थिए । त्यस्तै, तत्कालीन माओवादीले २० सिट जितेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलनिकटका २ जना सांसद अहिलेसम्म कतै खुलेका छैनन् । बादल जता लागे उनीहरू पनि उतै लाग्ने अनुमान गरिएको छ । 

    मुख्यमन्त्री पोखरेललाई बहुमत जुटाउन ९ जना सांसद आवश्यक पर्छ । यस्तो अवस्थामा उनले कांग्रेसको साथ लिनुपर्ने हुन्छ । बादलले ओलीलाई साथ दिएको खण्डमा प्रदेश सभामा रहेको उनका दुई सांसद पनि मुख्यमन्त्री पोखरेलको पक्षमा खुल्ने विश्वास यो खेमाले गरेको छ । यस्तो अवस्थामा जसपा र जनमोर्चाका सांसदलाई साथ लिएर पनि पोखरेलले सरकारको नेतृत्व गर्न सक्नेछन् । त्यस्तै, प्रचण्ड–नेपाल पक्षलाई सरकारको नेतृत्व गर्न कांग्रेसको समर्थन आवश्यक पर्छ । 

    प्रचण्ड–नेपालनिकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग ठिक्क बहुमत छ । प्रदेश सभामा ४० जना मध्ये नेकपाका ३३ जना सांसद छन् । तीमध्ये प्रचण्ड–नेपाल पक्षका २१ जना र ओली पक्षका १२ जना सांसद रहेका छन् । एक सांसदले मात्रै साथ छाडे पनि मुख्यमन्त्री शाहीको पद धरमर हुने अवस्था छ । ओली पक्षले उनीविरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गरेको थियो । 

    पार्टी विभाजनले सुदूरपश्चिम सरकारलाई भने कुनै असर नपर्ने देखिन्छ । किनभने नेकपाका ३९ जना सांसदमध्ये ओली पक्षमा ४ जना मात्रै छन् । प्रचण्ड–नेपाल पक्षसँग स्पष्ट बहुमत कायमै रहन्छ । यही समूहका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा मात्रै ओली पक्षका छन् । 

    प्रतिकृया दिनुहोस्

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

    काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी...

    एनआरएनए निर्वाचन समितिद्वारा पहिलो मतदाता नामावली सार्वजनिक

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि गठित निर्वाचन समितिले...

    एनआरएन अभियन्ताहरूको अपिल : तोकिएको समयमा नै महाधिवेशन गर्न जोड

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन नजिकिँदै गर्दा विभिन्न मुलुकबाट...

    आजको राशिफल

    आज वैशाख १६, २०८२ (अप्रिल २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    राजसंस्थाको पक्षमा आवाज उठाएकै कारण राप्रपाका नेताहरू पक्राउमा, अध्यक्ष लिङ्देनको आरोप

    काठमाडौं, वैशाख १५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको समर्थनमा आवाज उठाएकै...