News Portal

उद्धारको पर्खाइमा छटपटाइरहेका घाइतेलाई छल्दै हुइँकिए मुख्यमन्त्री राई

हिमालीसंचार संवाददाता
११२६ पटक

मोरङ – पूर्वपश्चिम राजमार्ग मोरङको बेलबारी नगरपालिका-४ स्थित हल्लुड चोक नजिकै साँझको ४ बजे सवारी दुर्घटनामा परेका २ जना सडकमा लम्पसार परेका थिए। दुर्घटनामा परेका व्यक्तिलाई छल्दै, लेन मिचेर तीनवटा सरकारी नम्बर प्लेटका सवारी साधन साइरन बजाउँदै हुइँकियो।

उद्धारको पर्खाइमा रहेका घाइते, प्रहरी तथा एम्बुलेन्सलाई खबर गरिरहेका यात्रुहरूले साइरन बजेको सुनेपछि एम्बुलेन्स आयो भनेर सन्तोक मानेका थिए। साइरन बजाउँदै आएको गाडी त प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको रहेछ।

उद्धारको पर्खाइमा सडकमा छटपटाइरहेका घाइतेलाई छल्दै मुख्यमन्त्रीको गाडी बेतोडले हुइँकियो। अगाडी जनपथ, पछाडी सशस्त्र प्रहरीको गाडी र बीचमा मुख्यमन्त्री सवार गाडी थियो। तीनवटै गाडीले सडकमा अलपत्र परेका घाइतेलाई बेवास्ता गर्दै हिँडे।

झापाको कार्यक्रमबाट फर्किंदै गरेका मुख्यमन्त्री राई घाइतेलाई अलपत्र छाडेर, साइरन बजाउँदै गएको करिब १० मिनेटपछि मात्र उद्धारका लागि प्रहरी घटनास्थल पुग्यो। तर, यतिञ्जेलसम्म ढिलाइ भइसकेको थियो। घरबाट बजारतर्फ निस्कने क्रममा को३५ प. ५९७५ नम्बरको स्कुटरमा पूर्व-पश्चिम राजमार्ग पार गर्दै थिए, ४३ वर्षे अर्जुन खत्री र ६५ वर्षे दुर्गाप्रसाद भण्डारी।

खत्री र भण्डारी सवार स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च २२४२ नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले बताएको छ। उद्धारका लागि प्रहरी घटनास्थल पुग्दा दुवै जनाको अवस्था गम्भीर थियो। प्रहरीले उपचारका लागि घाइतेलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठानमा पठायो।

समयमै उद्धार नहुँदा उपचारका क्रममा घाइते खत्रीको मृत्यु भएको छ। पिकअप भ्यान चालक ३० वर्षीय दिलसिंह राई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रण्मा रहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...