News Portal

मोरङको सुनवर्सीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको धटना स्थलमा मृत्यु अर्का एक जनाको अबस्था गम्भीर

हिमालीसंचार संवाददाता
४७३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगली विराटनगर सडक खण्ड अन्तर्गत सुनवर्सी नगरपालिका ९ स्थित बेरुवा थान नजिकैको कलभटमा मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै एक जनाको मृत्यु भएको छ।

 सोमवार साँझ ७ बजे पूर्वबाट पश्चिमी तर्फ जादै गरेको बिआर ३८ डी २३२७ नम्बरको मोटरसाइकल आनियन्त्रित हुदाँ मोटरसाइकल चालक भारत अररिया तिरगँन्ज घर भएका ३० बर्षीय चुन्ना कुमार बहरदारको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडी सवार बौका अररिया पन्चायतका २८ बर्षीय रविन मंण्डल घाईते भएको र उनलाई विराटनगर स्थित न्युरो अस्पतालमा उपचारका लागि पठाईएको र उनको अबस्था चिन्ता जनक अवस्था रहेको इलाका प्रहरी कार्यालय रंगलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...