News Portal

  • झापामा पुनः महिलाको हत्या, तालिमप्राप्त कुकुरद्धारा घटनाको अनुसन्धान

    हिमालीसंचार संवाददाता
    ३७६ पटक

    झापा – झापा जिल्लामा एकपछि अर्को अपराधिक घटना घटिरहेका छ । आइतबार बिहान बिर्तामोड २ चैतुबारीकी ४२ बर्षीया दिनो राजवंशी हत्या गरिएको अवस्थामा शव भेटिएको छ।

    शनिबार बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन उनी घरबाट हिँडेकी थिइन् । कुखुरा फार्ममा काम गरिरहेका वीरबहादुर राजवंशी राति अबेरसम्म खाना घरबाट नआएपछि घरमा फोन गरेका थिए ।

    घरबाट आमाले अघि खाना लिएर हिँडेको बताएपछि मध्यरातसम्म दिनोको खोजी कार्य भएको थियो । तर, दिनो कतै भेटिनन् । ‘मध्यरातसम्म आमाको खोजी गर्दा पनि कतै भेटिनु भएन’ छोरा विशाल राजवंशीले भने । विहान उठ्नसाथ आमाको खोजी गर्ने क्रममा घरबाट करिब ५ सय मिटर पश्चिम खेतमा हत्या गरिएको अवस्थामा शव भेटेको उनले बताए । अनुहारमा चोट लागेको अवस्थामा उनले शव भेटेको उनको भनाई छ । उनले घटनाको छानविन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।

    संघीय प्रहरी इकाई कार्यालय धरानबाट मगाइएको शिकारी कुकुरबाट सो घटनाको अनुसन्धान भइरहेको छ । धरानबाट मगाइएको लैला कुकुरबाट अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताएका छन्। घटनापछि गाउँमा त्रास सिर्जना भएको भन्दै स्थानीयले शान्ति सुरक्षाको प्रबन्धको माग गरेका छन् । उक्त स्थानमा फ्याक्ट्रीहरु भएकाले बाहिरका मान्छेको जमघट गर्ने, मादकपदार्थ सेवन गर्ने जस्ता कार्य हुँदै आएको स्थानीयले बताएका छन् ।

    स्थानीयहरुले प्रहरीले गस्ती बढाएर गाउँमा सुरक्षाको प्रत्याभूति दिनु पर्ने उनीहरुले बताएका छन् । त्यस्तै, विर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्र प्रसाद संग्रौलाले घटना रहस्यमय भएको बताउँदै घटनाको सत्यतथ्य प्रहरी प्रशासनले बाहिर ल्याउनु पर्ने बताएका छन् ।

    यस अघि झापाको मेचीनगरपालिकाको चारआली, कमल गाउँपालिका र गौरादहमा पनि महिलाको विभत्स हत्या भएको थियो । बिगत केही समयदेखि झापामा यस्तै किसिमका हत्याका घटना घट्दै आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...