News Portal

बम विस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

हिमालीसंचार संवाददाता
३७७ पटक

उदयपुर– उदयपुरको धाप्लाङटारमा रहेको कञ्जनजंधा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको एक कार्यकर्ता पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार ३२ वर्षीय पवन राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी पूर्व माओवादी लडाकु पनि हुन् ।

सोमबार राती उद्योगका सुरक्षा गार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको दाहालको भनाई छ । क्रसर उद्योगमा उनले सुतली बम विस्फोट गराएका थिए। बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटर सहित पेट्रोलको ड्रममा क्षति हुँदा १ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जंगल आसपास बम विस्फोट गराउनेको तीव्र खोजी गर्ने क्रम अहिले पनि जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...