News Portal

सुनवर्सि नगरपालिकाले कृषकलाई च्याफकटर र अरमाना ठेला वितरण

हिमालीसंचार संवाददाता
४७१ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङको सुनवर्षी नगरपालिकाले कृर्षकहरुलाई माझदारीमा च्याफकटर र अरमाना ठेला वितरण गरेको छ ।

 नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरेर उक्त समाग्रीहरु कृषकहरुलाई वितरण गरेको छ। प्रथम चौमासिक  कार्यक्रम अन्तर्गत ५० प्रतिशत  माझेदारीमा २० वटा च्याफकटर र  ७५ प्रतिशत साझेदारीमा ४५ वटा अरमान ठेला हस्तान्तरण  गरिएको हो। नगरपालिका भित्रका उत्कृष्ट कृषकहरुलाई छनौट गरेर विभिन्न कृषक सामाग्रीहरु वितरण समेत गर्दे आईरहेको नगरपालिका प्रमुख काली प्रसाद दासले बताए ।

नगरले बिगतका दिनहरुमा माछाका भुरा, बाख्रा, पाठा,पाठी र बुङ्गुरका पाठा-पाठ र घाँसका बीउ समेत वितरण गरिदै आईरहेको पशुस्वास्थ्य प्रविधिक रंजित कुमार झाले बताए । व्यवसायिक रुपमा गाई, भैसी र बाख्रा पालन गरि रहेका कृषकहरुलाई च्याफकटर र अरमाना ठेला वितरण गरेको हो। कार्यक्रमको प्रमुख अथिति रहेका काली प्रसाद दासले कृषकहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका थिए।

पशु प्राविधिक अनिल कुमार झा, स्थानीय रुद्र खड्का, श्याम राई, खगेन्द्र वस्नेत  लगायतको उपस्थित समेत रहेको थियो ।  नवीन कृषि फर्मका हरिमायाँ उप्रतीले नगरपालिकाले यसरी  व्यवसायक रुपमा काम गर्दै आएको कृषकलाई यसरी प्रोत्साहन गरेर कृषि सामग्री वितरण गरेकोमा  आफुलाई अझै थप काम गर्ने प्रोत्साहन पाएको र आगामी दिनहरुमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिन समते आग्रह गरेका छन।

नगरका राधाकृष्ण पोखरेल,  अम्बिका अधिकारी ,  खगेन्द्र बस्नेत, विष्णुमाया भण्डारी,  हेमन्त कटुवाल लगायतलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...