News Portal

  • सुनवर्सि नगरपालिकाले कृषकलाई च्याफकटर र अरमाना ठेला वितरण

    हिमालीसंचार संवाददाता
    ४१६ पटक

    रबिन्द्र बराल/ मोरङ – मोरङको सुनवर्षी नगरपालिकाले कृर्षकहरुलाई माझदारीमा च्याफकटर र अरमाना ठेला वितरण गरेको छ ।

     नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरेर उक्त समाग्रीहरु कृषकहरुलाई वितरण गरेको छ। प्रथम चौमासिक  कार्यक्रम अन्तर्गत ५० प्रतिशत  माझेदारीमा २० वटा च्याफकटर र  ७५ प्रतिशत साझेदारीमा ४५ वटा अरमान ठेला हस्तान्तरण  गरिएको हो। नगरपालिका भित्रका उत्कृष्ट कृषकहरुलाई छनौट गरेर विभिन्न कृषक सामाग्रीहरु वितरण समेत गर्दे आईरहेको नगरपालिका प्रमुख काली प्रसाद दासले बताए ।

    नगरले बिगतका दिनहरुमा माछाका भुरा, बाख्रा, पाठा,पाठी र बुङ्गुरका पाठा-पाठ र घाँसका बीउ समेत वितरण गरिदै आईरहेको पशुस्वास्थ्य प्रविधिक रंजित कुमार झाले बताए । व्यवसायिक रुपमा गाई, भैसी र बाख्रा पालन गरि रहेका कृषकहरुलाई च्याफकटर र अरमाना ठेला वितरण गरेको हो। कार्यक्रमको प्रमुख अथिति रहेका काली प्रसाद दासले कृषकहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका थिए।

    पशु प्राविधिक अनिल कुमार झा, स्थानीय रुद्र खड्का, श्याम राई, खगेन्द्र वस्नेत  लगायतको उपस्थित समेत रहेको थियो ।  नवीन कृषि फर्मका हरिमायाँ उप्रतीले नगरपालिकाले यसरी  व्यवसायक रुपमा काम गर्दै आएको कृषकलाई यसरी प्रोत्साहन गरेर कृषि सामग्री वितरण गरेकोमा  आफुलाई अझै थप काम गर्ने प्रोत्साहन पाएको र आगामी दिनहरुमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिन समते आग्रह गरेका छन।

    नगरका राधाकृष्ण पोखरेल,  अम्बिका अधिकारी ,  खगेन्द्र बस्नेत, विष्णुमाया भण्डारी,  हेमन्त कटुवाल लगायतलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...