News Portal

रंगोलीको विधुत प्राधिकरण क्षेत्रमा विश्वकर्मा मन्दिर स्थापना

हिमालीसंचार संवाददाता
३४३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको नगरपालिकामा रहेको वडा नम्बर ८ स्थित नेपाल विद्युत प्राधिकरण परिसरमा विश्वकर्मा मन्दिरको स्थापना भएको छ।  रंगेली  वितरण केन्द्रमा  कर्मचारी संघ इकाई समितिले विस २०७५ साल भदौदेखि प्राधिकरण परिसरमा बिश्वकर्मा बाबाको मंन्दिर  निर्माणकार्य सुरु गरेको थियो ।

समितिले रु ५ लाख रुपैयाँ बराबरको लागतमा मंन्दिरको निर्माणकार्य सम्पन्न गरेको हो । एक  बर्षको अबधिमा सो  मंन्दिरको निर्माणकार्य सम्पन्न गरिएको अजित शर्माले बताए।    मंन्दिरको उद्धटन कर्मचारी संघका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले मंन्दिरमा रिवन काटेर उद्धाटन गरेका थिए । कार्यक्रममा रंगेली बितरण केन्द्रका प्रमुख अबधेश कुमार गुप्ता, प्रादेशिक सविन दाहाल,  उपमहासचिव सविन कार्की , इकाई  अध्यक्ष कुमार काफ्ले, पदम सुन्दर केसी लगायतको उपस्थिति समेत रहेको थियो। 

रंगेली नगरपालिका भित्र बिश्वकर्माको पहिलो  मंन्दिर स्थापना भएको हो। मंन्दिर निर्माणकार्यमा भोला चौधरीले २९ हजार, सन्जय गुप्ता २१ हजार रुपैयाँ, पदमसुन्दर केसी १७ हजार रुपैयाँ लगायतले चन्दा संकलन गरेर सो मंन्दिर निर्माण गरेको कुमार काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...