News Portal

रंगोलीको विधुत प्राधिकरण क्षेत्रमा विश्वकर्मा मन्दिर स्थापना

हिमालीसंचार संवाददाता
३६५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको नगरपालिकामा रहेको वडा नम्बर ८ स्थित नेपाल विद्युत प्राधिकरण परिसरमा विश्वकर्मा मन्दिरको स्थापना भएको छ।  रंगेली  वितरण केन्द्रमा  कर्मचारी संघ इकाई समितिले विस २०७५ साल भदौदेखि प्राधिकरण परिसरमा बिश्वकर्मा बाबाको मंन्दिर  निर्माणकार्य सुरु गरेको थियो ।

समितिले रु ५ लाख रुपैयाँ बराबरको लागतमा मंन्दिरको निर्माणकार्य सम्पन्न गरेको हो । एक  बर्षको अबधिमा सो  मंन्दिरको निर्माणकार्य सम्पन्न गरिएको अजित शर्माले बताए।    मंन्दिरको उद्धटन कर्मचारी संघका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले मंन्दिरमा रिवन काटेर उद्धाटन गरेका थिए । कार्यक्रममा रंगेली बितरण केन्द्रका प्रमुख अबधेश कुमार गुप्ता, प्रादेशिक सविन दाहाल,  उपमहासचिव सविन कार्की , इकाई  अध्यक्ष कुमार काफ्ले, पदम सुन्दर केसी लगायतको उपस्थिति समेत रहेको थियो। 

रंगेली नगरपालिका भित्र बिश्वकर्माको पहिलो  मंन्दिर स्थापना भएको हो। मंन्दिर निर्माणकार्यमा भोला चौधरीले २९ हजार, सन्जय गुप्ता २१ हजार रुपैयाँ, पदमसुन्दर केसी १७ हजार रुपैयाँ लगायतले चन्दा संकलन गरेर सो मंन्दिर निर्माण गरेको कुमार काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...