News Portal

मिक्लाजुङ शिक्षक हत्या प्रकरणमा अझै प्रहरी अन्यौल, अराजक गतिविधिमा सूक्ष्म निगरानी बढाउन प्रधानसेनापतिको निर्देशन

हिमालीसंचार संवाददाता
६३१ पटक

मोरङ – मोरङको मिक्लाजुङ गाउँपालिका-१ बर्खे स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको आज एक साता पुगेपनि प्रहरी अझै अनुसन्धानमा रहेको बताएको छ। 

श्रेष्ठको हत्या जिम्मा विप्लव समूहको नेकपाले लिए पनि अहिले सम्म पनि हत्याको कारण प्रहरीले पहिल्याउन सकेको छैन। मङ्गलवार प्रेस वक्तव्य जारी गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको भए पनी संयुक्त सुरक्षावेशले पटक पटक सर्च अप्रेसन चलाए पनि प्रहरीले कुनै उपलब्धि हासिल गर्न सकेको छैन। 

श्रेष्ठले पटक पटक सुराकी गरेर आफ्ना कार्यकताहरुलाई पक्राउ गरेको उल्लेख गर्दै विप्लव समूहले सम्झाउने क्रममा प्रतिकार गरेपछि हत्या गरेको विप्लव समुहका पार्टीले स्वीकार गरेको हो । विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई घाँटी रेटेर बीभत्स हत्या गरेको थियो ।

चालु आर्थिक वर्ष २०७७/७८ को ५५ नं मा घटनाको कसुर दर्ता भएको बताए । पक्राउ पर्नेहरूलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारबाही गरिने मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । खड्काले अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा छौ, विज्ञप्ति पनि आधिकारिक छैन, अनुसन्धान गोप्य ढङ्गले गरिरहेका बताएका छन् । 

अनुसन्धानका सबै केही कुरा सार्वजनिक गर्दा अनुसन्धानमा नै खलल पुग्ने भएकाले सबै कुरा गोप्य राखेका छौ । उनले फेरी थपे हामी सक्रिय भएर लागेका छौ, रिजल्ट छिटै आउँछ । घटनामा संलग्नहरू भूमिगत भएकोले पक्राउ गर्न असहज भएको बताउँदै उनले भने ‘मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमिते लगायत घटनास्थल एवं आसपासका क्षेत्र र छिमेकी जिल्ला लक्षित विशेष सर्च अप्रेसन चलाउँदै निगरानी बढाएका छौ ।’

प्रधान सेनापतिको निर्देशन: 

प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन पूर्वी पृतना हेडक्वाटरलाई निर्देशन दिएका छन् ।

शान्ति सुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना बाहिनी र गण–गुल्मपतिहरुलाई निर्देशन दिने क्रममा उनले मङ्सिर २४ गते प्रधान सेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए । 

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...