News Portal

  • मध्यपहाडी लोकमार्ग: रुकुम-जाजरकोट सडक खण्डमा कालोपत्रे नभएपछि वर्षौदेखि अलपत्र

    हिमालीसंचार संवाददाता
    ३०७ पटक

    जाजरकोट – सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदासम्म मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र कालोपत्रको काम शुरु हुनसकेको छैन। कच्ची कटानको काम निरन्तर चलिरहेको भए पनि कालोपत्रको काम भने अहिलेसम्म शुरु हुनसकेको छैन।

    तीस महिनाभित्र ३५ किलोमिटर सडकमा कालेपत्र सक्ने गरी शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कामको जिम्मा लिएको थियो। कालोपत्रको काम नहुँदा धुलाम्मे भएर दैनिक यातायातका साधन मुस्किलका साथ सञ्चालन भइरहेका छन्।

    सडकको ७ मिटर चौडाइ बनाएर कालोपत्र गर्ने गरी सम्झौता भएको थियो। जेभीका प्रतिनिधि विश्वास उप्रेतीका अनुसार १७ किलोमिटरको दूरीमा रहेको कुदु–गिमासम्म एक भाग र गीमादेखि छेडागाड नगरपालिकाको कार्की गाउँसम्म १८.५ किलोमिटरको अर्को भाग बनाई एकैपटक काम शुरु गरिएको भएपनि अहिलेसम्म कालोपत्र गर्न नसकिएको हो।

    पहिलो चरणमा रु ४९ करोड २६ लाखमा काम हुनेछ भने अर्को भागमा रु ५० करोड ४७ लाखको काम भइरहेको छ। त्यस्तै कुदुबाट थलहसम्म एकै जेभीले ठेक्का पाएको छ। अहिले मन्ताभिरमा कडा चट्टान काट्ने काम भइहेको उप्रेतीको भनाइ छ।

    सोभन्दा अगाडि दैलेखको सिमानासम्म ठेक्काको कच्ची काम भइरहेको छ। ५५ किलोमिटरभित्र चिसो कम हुनबित्तिकै कालोपत्रको काम शुरु हुने बताइएको छ। ३५ किलोमिटर सडकको ठेक्का लिएको मिति सकिन तीन महिना बाँकी छ भने, अर्को खण्डको २४ महिना बाँकी छ। पाँचथरको चियाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म १ हजार ७ सय ७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ।

    मापदण्डविपरीत सिमेन्ट र बालुवा प्रयोग
    मापदण्डभित्र रही सिमेन्ट बालुवा प्रयोग नगर्दा जाजरकोट खण्डमा निर्माण भएको नाली, छेउका पर्खाल भत्किएका छन्। प्राविधिक गएर दुईपटकसम्म पर्खाल भत्काएको बताएका छन्। निर्माण कम्पनीले भने स्थानीयवासीलाई निर्माणको जिम्मा दिँदा बिगारेको आरोप लगाएको छ। अहिले पूरै सडक कच्ची कटान गरी फराकिलो बनाउने काम भएकाले त्यसमा गुणस्तर कम भएको प्राविधिकले बताएका छन्।

    बर्षौदेखि पुल अलपत्र !

    मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नदीको पुल ८ वर्षदेखि अलपत्र पर्दा यातायात सञ्चालनमा समस्या भएको छ। ठेकेदारको लापरवाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा नभएको हो। पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट सडक खण्डसमेत अपूरो बनेको छ।

    तीन वर्षभित्र पुल निर्माण सक्ने गरी वाइपी कन्स्ट्रक्सन, ललितपुरले मध्यपहाडी आयोजना कार्यालयसँग विसं २०६९ मा सम्झौता गरेको थियो। रु १३ करोड ४७ लाख लागतमा निर्माणाधीन पुलको अहिलेसम्म सबस्ट्रक्चर ९टावर जग० समेत पूरा भएको छैन। पुल निर्माण नहुँदा रुकुम र जाजरकोट सडक सञ्जालमा जोडिन सकेका छैनन् भने स्थानीयवासी झोलुङ्गे पुलबाट आवतजावत गर्न बाध्य छन्।

    पुल निर्माणका लागि ल्याइएका एक्साभेटर, टिपर, मिक्सचरलगायत मेसिन निर्माणस्थल वरिपरि अलपत्र अवस्थामा छन्। गत आवमा ठेकेदार निर्माणस्थलमै नआएको भेरी नगरपालिका–१३ का वडाध्यक्ष गोपाल बटालाले बताउनुभयो। सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि रिडिजाइन गर्दा निर्माणमा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनले जानकारी दिएको छ।

    म्याद पटकपटक थप्दा पुल निर्माणमा समस्या भएको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनीयर लक्ष्मणबहादुर केसीले बताउनुभयो। उहाँका अनुसार चौरजहारी साइटमा पिलर तथा फाउन्डेसनको काम पूरा भए पनि कुदुतर्फको काम अझै हुनसकेको छैन।

    लोकमार्गअन्र्तगतकै कुदुबाट दैलेखको सुयाँडा, जाजरकोट खण्डको छेडागाड थलहलगायत खोलामा पुल निर्माण अलपत्र परेको आयोजनाले जनाएको छ। त्यस्तै छेडागाड नगरपालिकाको थलहमासमेत पुल निर्माण नहुँदा अलपत्र परेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई...

    श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

    झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।...

    खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका...

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको...

    आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

    रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स...