News Portal

अन्योलमै छ यस वर्षको एसईई, प्रश्नपत्र नष्ट गरिँदै !

हिमालीसंचार संवाददाता
४२२ पटक

काठमाडौँ – कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भन्नुभयो, “हामी पनि अन्योलमा छौँ। यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएका छौँ। कुनै जवाफ नआएकाले रोकिएर बसेका छौँ।” यस वर्ष (२०७७ साल)को एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने छिनोफानो हुन सकेको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष नै तयार गरेको सङ्घीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। कोभिड–१९ का कारण गत २०७६ सालको एसईईमा विद्यालयलाई नै विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने जिम्मा दिइएको थियो।

मन्त्रालयले यसबीचमा शिक्षाविद् र प्रदेशका सचिवहरूसँग अन्तरक्रिया गरेको छ। अन्तरक्रियामा गतवर्ष जथाभावी अङ्क दिइएकाले विद्यालयलाई मूल्याङ्कनको जिम्मा दिन नमिल्ने, विद्यालयलाई नै जिम्मेवारी दिइसकेकाले अब यही विधिलाई निरन्तरता दिइनुपर्ने, कानुनतः माध्यमिक तहसम्मको जिम्मेवारी प्रदेश सरकारको हुने भएकाले सोही अनुरूप अगाडि बढ्नुपर्ने लगायतका मिश्रित सुझाव दिइएको छ। त्यसैले मन्त्रालय पनि यसै गर्नुपर्छ भन्ने टुङ्गोमा पुग्न सकेको छैन।

बर्सेनि असोज पहिलो साता कक्षा १० का विद्यार्थीलाई आवेदन फाराम भर्न लगाइन्थ्यो। यस पटक मङ्सिर अन्तिमसम्म पनि आवेदन फाराम खुला गरिएको छैन। रापबोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले कसले परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा छिटो टुङ्ग्याइदिन आफूहरूले बोर्डलाई पत्रमार्फत आग्रह गरेको बताउनुभयो।

बोर्डका अध्यक्ष डा.पौडेलले राजस्व उठाउने विषय भएकाले मन्त्रालयले टुङ्गो नलगाउञ्जेल आफूहरू अग्रसर हुन नसकिने स्पष्ट गर्नुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस विषयमा आफूहरूले हलो नअड्काएको तर्क गर्नुभयो। “सरोकारवालासँग परामर्श भइरहेकै छ।

प्रदेश सरकारले हामी सक्षम छौँ, त्यसैले हामी गर्छौं भनिरहेका छन्। सङ्घीय शिक्षा ऐनको विधेयकमा पनि प्रदेशलाई नै जिम्मेवारी दिने भन्ने छ,” उहाँले भन्नुभयो, “अहिले हस्तान्तरण गर्ने समय आएको छैन भन्ने खालका सुझाव पनि पाएका छौँ। त्यसैले छिटै टुङ्ग्याउने छौँ।”

प्रश्नपत्र नष्ट गरिँदै !

गत २०७६ सालको एसईईका प्रश्नपत्र नष्ट गर्ने कार्य अगाडि बढाइएको छ। बोर्डका अध्यक्ष पौडेलले गोप्य सामग्री भएकाले नष्ट गर्नु उपयुक्त हुने ठहर गर्दै भन्नुभयो, “विद्यार्थीले विगत परीक्षाका र अन्य अभ्यास पुस्तिकाबाट अभ्यास गरिहाल्छन्। यो समाचार आजको गोरखापत्रदैनिकमा छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...