News Portal

मकाउबाट समाजसेवी शेर्पाको नेतृत्वमा दुबै मृगौला पिडित ताप्लेजुङकी गुरुङलाई आर्थिक सहयोग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२५२ पटक

मकाउ– ताप्लेजुङ जिल्ला श्रीजंङगा गाउँपालिका वडा नं ७ साविक खेबाङ २ सिबोककी दुबै मृगौला पिडित मनिता गुरुङलाई मकाउमा कार्यरत समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा संकलित नगद २ लाख ९ हजार ९ सय ९९ रुपैंया सहयोग समाजसेवी याङजोम शेर्पाद्वारा हस्तान्तरण गरिएको छ।

मृगौला पिडित प्रसाद गुरुङको छोरी हाल फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ साबिक ईखाबु ९ बस्ने तेजबहादुर गुरुङको श्रीमती २४ बर्षकी मनिता गुरुङको विगत २ बर्षदेखि दुबै मृगौलामा समस्या आएपछि काठमाण्डौ स्थित सुमेरु अस्पतालमा नियमित उपचार गराउदा आर्थिक अभावका कारण समस्या भएपछि अहिले विराटनगर गोल्छा अस्पतालमा आवश्यक डाइलोसिस गराई रहेकी गुरुङलाई मकाउमा कार्यरत समाजसेवी गीता मगर शेर्पा र भिम शेर्पा नेतृत्वमा संकलित रकम हस्तान्तरण गरेकी हुन्।

मृगौला पिडितका लागि मकाउमा कार्यरत मनकारी सहयोगी महानुभावगरुको नामावली: दाकी बरुवा पाङकार्मा, काउडा बुढा, डाकी शेर्पा, किराया मकाउका महासचिव मंगल राई, रमेश राई, नियामा शेर्पा, प्रकाश मिरिङ चिङ, मगर संघ मकाउका अध्यक्ष सम्शेर थापा मगर, एनआरएन पुर्वअध्यक्ष शान्तिदेवी अधिकारी -राम कार्की, भाग्य- निराज मगर, भिम गुरुङ, ममता-सुजन काफ्ले, सेनाम-अरुण लामा, गोरे गुरुङ, केशव राई, भिरेन वाइवा, सुस्मिता-अमृत भण्डारी, शाह भट्ट राज जी, गंगा रिजाल, मुना कार्की, सन्जय धिमिरे, राजु गुरुङ, वविता प्रकाश गुरुङ, सुशिला-अनिल कोइराला, कुमारी-चण्डी योङगा, निराजन शाही, विकाश सापकोटा, शेर्पा समाज मकाउको अध्यक्ष ग्यालदेन शेर्पा, सुनीता-अरुण मगर, अप्सरा सुब्बा, ज्याक ज्याक, प्रज्वल आले मगर, देवी सुमन पुन, जेम्स मर्याटी लिम्बु, नयन गुरुङ, विष्णुमाया- देव खड्का, रंजिला लामा, सरिता तामाङ, रोशन चाम्लिङ राई, ग्यावु शेर्पा, दुर्गा पुन, सुर्य अधिकारी, जलक्पा शेर्पा, हेन्ड्रेन ग्यावु अर्पेश, कृष्ण राना, रिता राई, सुरेश सिंह सुनार, सुनीता विष्ट भण्डारी, छोयाल पिनासा शेर्पा, पासनेरी शेर्पा, सन्जिब कोयी, गीता-सम्राट बुढाथोकी, रुद्र धले, सुजना भुजेल, सचिन धले, दावा शेर्पा, महेश जोशी, निकिला, मुन्ना गुरुङ, गंगा राम राई, धनकाजी तामाङ, दावा पासाङ शेर्पा सलाका, ममता-देउधन सुब्बा, सुनीता हुक्पा चोङबाङ, डोङ ल्हमु शेर्पा, तासिना चोम्बाङ, नेङग्यान- अर्फेश योञ्जन शेर्पा, तारा बस्नेत, एमबी सोन शेर्पा, गंगा थापा मगर, डाइमन थापा, सुरेश सिंह सुनार, छिरिङ लामा वालुङ, याम-फुटी शेर्पा, खगेन- योङहाङ इक्सा लिम्बु, दिपक-सिता मिरिङ चिङ गुरुङ, आशिश शर्मा, सर्मिला-अमर लिङदेन, नेत्र- प्रावती धलतान, तेजिङ नौग्या, किराया मकाउका अध्यक्ष भिम किराती ( सुच्चा), सुरेश बस्नेत, हेल्देन ग्याबु अर्फेस, हिसिला-विकाश मगर,तारा बस्नेत, हाङ्मा लिम्बु, देमा शेर्पा र लोपसाङ भिम शेर्पा लगायदका सहयोगीहरुबाट आर्थिक सहयोग प्राप्त भएको हो । 

मनकारी सहयोगीदाताले मृगौला पिडितको सम्पर्क नम्बरमा 9816918038 सम्पर्क गरेर सहयोग गर्न सकिने समाजसेवी गीता मगर शेर्पाले जानकारी दिएकी छिन् । समाजसेवी शेर्पाले हिमाली संचार डटकमसंगको कुराकानीमा यो अभियान मार्फत मृगौला पिडित गुरुङको सहयोगका लागि सहयोग गर्नु हुने सहयोगी महानुभाव प्रति हार्दिक आभार प्रकट समेत गरेकी छिन्। 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...