News Portal

घरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी

हिमालीसंचार संवाददाता
५७६ पटक

राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिका-६ गोरगामास्थित एक घरमा शनिबार बिहान पार्किङ गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी भएको छ। उक्त वडा निवासी बेचन मुखियाको घरआगनमा पार्किङ गरिराखिएको स.१च.१७२५ नम्बरको भ्यानमा एकाबिहानै आगजनी भएको हो।

आगजनीबाट गाडीको इन्जिनसहित अग्रभाग पुरै जलेर क्षतिग्रस्त हुँदा करिब १८ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। डिएसपी भुवनेश्वर साहका अनुसार आगजनी कसले गरेको हो भन्ने कुराको अहिलेसम्म यकिन हुन सकेको छैन

सवारीधनी मुखियाले बिहान ४ बजेतिर नचिनेका केही मानिसले खर, पराल र पेट्रोल लिएर आई गाडीमा आगजनी गरि भागेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्तासमेत रहेका डिएसपी साहले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सुक्ष्म रुपमा अनुसन्धान थालिएको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...