News Portal

  • विश्वकप छनोटका खेल नेपालले घरेलु मैदानमै खेल्ने

    हिमालीसंचार संवाददाता
    ३९७ पटक

    काठमाडौँ – नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ। सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो।

    एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ। एसियाली फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ। कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो।

    कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो। समूह ‘बी’मा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन्। अस्ट्रेलिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ। समान खेलबाट १० अङ्क जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै ३ अङ्कसहित चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य ४ खेलमा नेपाल पराजित भएको थियो।

    नेपालले कुवेतसित दुई खेल तथा जोर्डन र अष्ट्रेलियासित एक एक खेल हारेको थियो। चाइनिज ताइपेई अङ्कविहीन अवस्थामा रहँदै समूह ‘बी’ को पाँचौँ स्थानमा छ। विश्वकप छनोटको खेलका लागि तयारी गर्न एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सञ्चालन गर्दैछ।

    बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडीलाई बोलाएको छ। मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको एन्फा प्रवक्ता राईले जानकारी दिनुभयो। कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किनुभएको थियो। त्यसपछि उहाँ नेपाल फर्किनुभएन। उहाँले स्वीडेनबाटै राजीनामा दिनुभएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...