News Portal

मोरङको धनपालथानबाट जर्बरजस्ती करणी मिलापत्र गराउने ६ पक्राउ

हिमालीसंचार संवाददाता
४२८ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको धनपालथान गाउँपालिका-५, स्थित जर्बरजस्ती करणीको घटना मिलापत्र गराउने ६ जनालाई रंगेली प्रहरी पक्राउ गरेको छ। 

विस २०७६ साल भदौ २४ गते धनपालथान -५, स्थित जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्तले नै पोल खोलेपछि  मिलापत्र गराउने ६ जनालाई रंगेली प्रहरीको नियन्त्रणमा लिएको हो । 

प्रहरीले आरोपित बेलबारी–८ का सुरेशकुमार खवासलाई मंसिर १९ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा पीडितलाई पाँचलाख रुपैँया दिएर मिलापत्र गराएको खुलेपछि मिलापत्र गराउन संलग्न ६ जना समेत पक्राउ  गरेको रंगेली प्रहरीले जनाएको छ । 

मिलापत्र कागज गराउन संलग्न मोरङ धनपालथान -५ को एक ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेको प्रहरीले जनाएको छ।

धनपालथान–५ मा रहेको आफ्नै धान खेतमा मल छरिरहेको  समयमा बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेशले सुनवर्षीकी २१ वर्षीया महिलालाई जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । 

अराोपित खवासको खेत धनपालथानमा रहेकोले त्यहाँ उनी धानमा मल छर्न आएको बखत सुनवर्षी (२१) लाई जर्बरजस्ती करणी गरेको  पीडित महिलाले इलाका प्रहरी कार्यालय रंगेलीमा  असोज २६ गते जाहेरी दिइएकी थिइन् । पीडितको जाहेरी परेसँगै आरोपित सुरेशकुमार खवास फरार भएका थिए । फरार रहेका खवासलाई  मंसिर १९ गते रंगेली–७ बजारबाट क्षेत्रबाट पक्राउ गरेको र अरुलाई उनीहरुको घरबाट पक्राउ गर्न सफल भएको हो ।

 आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटना गाउँघरमा नै मिलापत्र गराएको खुलेको र पीडित पक्षलाई पाँच लाख रुपैँया दिएर मिलाउन गराएको अभियुक्तकै वयानबाट खुलेपछि प्रहरीले मिलापत्र कागज समेत बरामद गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...