News Portal

परस्त्रीसंग वडा कार्यालयमै यौन सम्पर्क गर्दागर्दै वडाध्यक्ष पक्राउ

हिमालीसंचार संवाददाता
११६४ पटक

                        (फाइल तस्वीर)
सल्यान – वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्दैगर्दा वडाध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ सल्यानका स्थानीयले आन्दोलन थालेका छन्। वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग यौन क्रियाकलाप गर्दैगर्दा भेटिएपछि उनीहरूले कारर्वाहीको माग गर्दै आन्दोलन थालेका छन्।

श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले राति घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए। वडाध्यक्षले महिलालाई वडा कार्यालयमा लगेपछि स्थानीयले दुवैजना बसेको कोठाको बाहिरबाट चुक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए।

कार्यालयमा यौन क्रियाकलाप गरेको भन्दै स्थानीयले आन्दोलन थालेपछि प्रहरीले मुद्दा अघि बढाएको छ। रातको १ बजे महिलासहित इलाका प्रहरी कार्यालय लुहाम पुर्याइएका उनीमाथि वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले बताए। घटललनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...