News Portal

गृहमन्त्रीको सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ- ‘शिक्षक हत्यारालाई छिटो समात्नु’

हिमालीसंचार संवाददाता
४३० पटक

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको ‘हत्या अनुसन्धान’ तिव्र पार्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै अपराधीलाई छिटो समात्न निर्देशन दिएका छन्।

गृहमन्त्री बादलले बुधवार केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ गरेका हुन्। गृह मन्त्रालयमा आयोजित ब्रिफिङमा उनले शिक्षकको हत्यामा संलग्नको खोजी तिव्र बनाउन र पक्राउ गरेर कारवाही गर्न निर्देशन दिएका छन्। 

मंगलबार मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई सुराक गरेको आरोपमा विप्लवका कार्यकर्ताले हत्या गरेका थिए । हत्याको जिम्मा विप्लव समूहले लिएको छ । बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत सहभागी रहेको थियो।

सुरक्षा निकायका प्रमुखसँग नियमित ब्रिफिङ भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रवहादुर बुढाले जानकारी दिए। गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरुले पछिल्लो सुरक्षा अवस्थाको बिषयमा जानकारी समेत दिएका थिए । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...