आज : २०२६-०६-२४, बुधबार

प्रतिबन्धित लागुऔषध सहित मोरङका दुइ युवा पक्राऊ

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर-७, स्थित बसपार्क नजिकैबाट लागुऔषध सहित २ जना युवा  पक्राउ  परेका छन  ।

इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका ९ बस्ने २४ बर्षका कुन्दन सहनी र १९ वर्षका आदर्श दासलाई पक्राऊ गरेको हो। उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित लागुऔषध  नाईट्राभेट ट्यावलेट १ हजार २ सय ३० थान बरामद गरेको छ।

प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो। उनीहरु प्रयोग गरेका ३३ प २०६२ नम्वरको मोटरसाकलबाट लागुऔषध फेला परेको छ । उनीहरुलाई लागुऔषध ओसारा पोसार अन्तर्गत मुद्दा चलाउने ईलाका प्रहरी कार्यलय रंगेलीका निरीक्षक अनमोल खड्काले बताए ।