News Portal

कुबेतको प्रधानमन्त्रीमा शेख सबा खालिद पुनः नियुक्त

हिमालीसंचार संवाददाता
४७२ पटक

कुवेतसिटी – कुबेतका अमिर शेख नवाफ अल–अहमद अल–जावेर अल–सबाले मङ्गलबार कुवेतको प्रधानमन्त्रीमा पुनः शेख सबा खालिद अल–हमद अल–सबालाई नै नियुक्त गरेका छन्।

कुबेतन्युज एजेन्सीका अनुसार कुबेतमा शनिबार सम्पन्न निर्वाचनपछि कुबेती संबैधानिक व्यवस्था अनुसार शेख सबाले प्रधानमन्त्रीबाट आइतबार राजिनामा दिएका थिए। अमिरले शेख सबाले प्रधानमन्त्रीबाट दिएको राजिनामा स्वीकृत गरी उनलाई नैे अर्को व्यवस्था नहुन्जेलका लागि कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी तोकेका थिए।

कुबेती अमिरले प्रधानमन्त्री शेख सबालाई नयाँ सरकार गठनका लागि मन्त्रीहरूको नामावली छनोट गरी अनुमोदनका लागि पेश गर्नसमेत मङ्गलबार निर्देशन दिए।

बयान प्यालेसमा अमिरसँग भएको भेटमा नवनियुक्त प्रधानमन्त्री शेख सबाले कुबेत सरकारको नेतृत्वका लागि आफूलाई पुनः छनोट गरेकोमा कृतज्ञता प्रकट गरे। उक्त अवसरमा उनले कुबेती कानुन र परिधि अनुसार राज्य तथा नागरिकको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। कुबेतले गत शनिबार ५० सीटको संसदका लागि गरेको निर्वाचनमा कूल ३२६ जनाले प्रतिस्पर्धा गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...